बारा प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक



वीरगंज | जिल्ला प्रहरी कार्यालय बाराले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ। बाराका प्रहरी प्रमुख एवं उपरिक्षक महेन्द्र खड्काले मंगलबार पत्रकार सम्मेलनमार्फत चाडपर्वको समयमा हुने सुरक्षा चुनौतीलाई पहिचान गरेर तयारी गरिएको सुरक्षा योजना सार्वजनिक गरेका हुन्।

उपरिक्षक खड्काका अनुसार, जिल्लाभर १ हजार १५ प्रहरी परिचालन गरिनेछ। डिउटी डबल गरिनेछ र एसपी र डिएसपीको नेतृत्वमा १४ जना प्रहरी अधिकृतलाई विभिन्न स्थानहरूमा अनुगमनका लागि परिचालन गरिनेछ।

बारा प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक

  •  वीरगंज संजाल
  • १६ आश्विन २०८१, बुधबार १२:१९

१०९

वीरगंज | जिल्ला प्रहरी कार्यालय बाराले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ। बाराका प्रहरी प्रमुख एवं उपरिक्षक महेन्द्र खड्काले मंगलबार पत्रकार सम्मेलनमार्फत चाडपर्वको समयमा हुने सुरक्षा चुनौतीलाई पहिचान गरेर तयारी गरिएको सुरक्षा योजना सार्वजनिक गरेका हुन्।

उपरिक्षक खड्काका अनुसार, जिल्लाभर १ हजार १५ प्रहरी परिचालन गरिनेछ। डिउटी डबल गरिनेछ र एसपी र डिएसपीको नेतृत्वमा १४ जना प्रहरी अधिकृतलाई विभिन्न स्थानहरूमा अनुगमनका लागि परिचालन गरिनेछ।

विशेष चुनौतीको रूपमा सिमावर्ती क्षेत्रमा रहेका ५३ स्थानहरू पहिचान गरी त्यहाँ २ सय ९० प्रहरी परिचालन गरिनेछ। यसका अतिरिक्त, १० वटा मोबाईल गस्ती टोलीमा ८२ प्रहरी, हाइवेमा गस्ती गर्न १० प्रहरी, रात्रि बसमा लुटपाट नियन्त्रण गर्न १४ जना प्रहरी हतियारसहित परिचालन गरिनेछ।

योजना अनुसार, मोटरसाइकल गस्तिमा ५० वटा मोटरसाइकल सहित २ सय ८ प्रहरी, पैदल गस्तीमा ३३ प्रहरी, तत्काल उद्धारका लागि ३० प्रहरी र सूचना संकलनको लागि ७ टोलीमा १६ जना प्रहरी परिचालित हुनेछन्। यात्रु सहायता कक्षमा २२ प्रहरी र चेकजाँचका लागि ८ देखि १० टोलीमा ९१ प्रहरी परिचालित गरिनेछ।

घटना घटेपछि उद्धारका लागि ५ टोलीमा १७ प्रहरी खटिनेछन्। सवारी दुर्घटना रोक्नका लागि विभिन्न स्थानहरूमा स्पीड कन्ट्रोलका लागि प्रहरी परिचालन गरिने योजना रहेको उपरिक्षक खड्काले जानकारी दिएका छन्।

बारा प्रहरीले चाडपर्वको अवसरमा राजमार्गमा लुटपाट, सिमावर्ती क्षेत्रमा हुने अवैध कारोबार, वित्तीय संस्थाको चोरी, मेलामा हुने हुलदंगा र कालोबजारीजस्ता सुरक्षा चुनौतीलाई न्यूनीकरण गर्नका लागि अग्रिम तयारीका साथ यो योजना सार्वजनिक गरेको हो।

प्रतिक्रिया




Top