गहवामाई मन्दिरमा भक्तजनकाे सेवामा खटिने स्वयंसेवकलाई अनलाइन न्युज दैनिकले दियाे ५० वटा टी-सर्ट


वीरगन्ज टुडे,

वीरगन्जको गहवामाई मन्दिरमा दसैंमा भक्तजनहरुकाे सेवा खटिने स्वंयसेवकहरुका लागि गहवा युवा क्लबलाई अनलाइन न्युज दैनिकले टि-सर्ट सहयाेग गरेकाे छ।

शुक्रबार साँझ अनलाइन न्युज दैनिकका प्रतिनिधि राहुल कुमार गुप्ताले गहवा युवा क्लबका प्रतिनिधि सोनु ठाकुरलाई ५० थान टी-सर्ट हस्तान्तण गरेका हुन् ।

विहिबार घटस्थापनाकै दिनदेखि वीरगन्जमा दसैं मेला सुरु भएको छ। वीरगन्जमा दशैंको नवरात्र सुरु भएकै दिनदेखि दशहरा मेला लाग्ने गरेको छ।

दसैंकाे मेला र गहवामाईकाे दर्शनका लागि लाखौंको संख्यामा आउने भक्तजनकाे सेवामा गहवा युवा क्लबसाथै विभिन्न क्लब र संस्थाका युवायुवतीहरु स्वयंसेवकका रुपमा खटिन्छन् ।

तीनै स्वयंसेवकका लागि टि-सर्ट हस्तान्तरण गरिएको अनलाइन पत्रीकाका प्रतिनीधि राहुल गुप्ताले बताए ।

प्रतिक्रिया




Top