वीरगन्ज टुडे,
वीरगञ्जमा चाइनिज कम्पनी फोटोन ईलेक्ट्रिक कार
एमएडब्ल्यु ग्रुप द्वारा वीरगन्जमा सोरुमको सोमबार उदघाटन गरिएको छ। वीरगञ्ज महानगरपालिका–१२ मुर्लीस्थित ईलेक्ट्रिक कारकाे साे रुमको वीरगञ्ज महानगरका उपप्रमुख ईम्तियाज आलमले एक कार्यक्रमबीच रिबन काटेर उदघाटन गरेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी समेत रहेका वीरगन्ज महानगरका उपप्रमुख आलमले ईलेक्ट्रिक कार खरिद गर्न वीरगञ्जभन्दा बाहिर जानुपर्ने अवस्था रहेकोमा अब ईलेक्ट्रिक कारको शोरुम वीरगञ्जमै खुलेकोले खुशी ब्यक्त गरे। उनले ईलेक्ट्रिक कारको प्रयोग देखि बिक्री वितरणले नागरिकदेखि ब्यापारी दुबैलाई फाईदा रहेको बताए।
त्यस्तै कार्यक्रममा विशिष्ट अतिथी रहेका वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपालले ईलेक्ट्रिक कार संग संगै इलेक्टि्क भ्यान समेत वीरगन्ज बाट बिक्री बितरण सुरु भएकोमा खुसी व्यक्त गरेका थिए । उनले सोरुम का संचालक लाई बधाइ दिदै एमएडब्ल्यु ग्रुपले वीरगन्ज वासी लाई गाडीको दुनियाँमा भरपर्दो र सुबिधा युक्त गाडी बिक्री बितरण गरेकोमा धन्यवाद दिएका थिए ।
आज बाट उद्वघाटन भएको शोरुममा अहिले १५ र १० सिट भएको फोटोन दुईवटा मोडलको कार उपलब्ध छ। दशैंको बेला भएकोले शोरुम खुल्नुभन्दा अघि नै कारको बुकिङ समेत भएको शोरुमले जानकार दिएको छ। १५ सिट भएको कार एकपटक चार्ज गरेपछि २३५ किलोमिटरसम्म चलाउन सकिन्छ। कारमा तीन लाख किलोमिटर र पाँच वर्षको वारेन्टी हुनुका साथै २० प्रतिशत डाउन पेमेन्टमा फाईनान्सको पनि सबिधा शोरुमले उपलब्ध गराएको छ।
हरेक सिट फोल्डिङ भएको तथा एसीको पनि सुबिधा छ। पछिल्लो समय पेट्रोलियम पदार्थ डिजेल र पेट्रोल महँगो हुँदै गएको अवस्थामा इलेक्ट्रिक कारतर्फ ग्राहकहरुको झुकाव बढेकोले इलेक्ट्रिक कारको शोरु वीरगञ्जमा पनि खुल्न थालेका छन्। यसअघि एक महिना पहिले पनि वीरगञ्जकै गण्डक चोकमा पनि मधेस प्रदेशकै ठूलो ईलेक्ट्रिक कारको शोरुम खुलेको थियो ।
प्रतिक्रिया