वडा प्रहरी कार्यालय श्रीपुर र प्रहरी चौकी सिर्सियाको बदमासीले स्थानियवासी आजित बनेका छन् । प्रहरी प्रशासनको काम शान्ति सुरक्षा, अमन चयन कायम गर्ने भए ता पनि वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक श्याम कुमार बस्नेत र प्रहरी चौकी सिर्सियाका ईन्चार्ज प्रहरी नायब निरिक्षक सुनिल पनेरु नेतृत्वको प्रहरीहरुले खुल्लेयाम रुपमा तस्करी गराउनुको साथै वेश्यावृतिलाई पनि बढावा दिईरहेको स्थानियहरुले गुनासो गरेका छन् ।
वडा प्रहरी श्रीपुर र प्रहरी चौकी सिर्सियाको मातहतमा पर्ने एकीकृत सुरक्षा जाँच चौकी (आईसिपि) अगाडि रहेको स–साना खाजा पसलहरुमा खुल्लेयाम रुपमा बेश्यावृति भईरहेको भनि स्थानियहरुले लामो समय देखि वडा प्रहरी कार्यालय श्रीपुर र प्रहरी चौकीका ईन्चार्ज पनेरुलाई मौखिक रुपमा गुनासो गर्दै आए पनि उनले कुनै कारवाही प्रक्रिया अगाडि नबढाए पछि बाध्य भएर स्थानियहरुको एक समुहले बुधवार लिखित रुपमै उजुरी दिएका छन् ।
स्थानिय १६ जनाले लिखित रुपमै उजुरी दिएको तीन दिन बिते पनि हालसम्म सो पसलहरुमा वेश्यावृति नरोकिएको भनि उजुरीकर्ताहरुले गुनासो गरेका छन् । सो खाजा पसलेहरुले भारतीय गाडीका चालक तथा सहचालकहरुलाई खाजा खुवाउने बहानामा वेश्यावृतिमा संलग्न गराई लुटनसम्म लुटीरहेको जनाईएको छ ।
वडा प्रहरी कार्यालय श्रीपुरमा नयाँ आएका प्रहरी निरिक्षक बस्नेतलाई भुलभुलैयामा राख्दै वडाका टाईगर टोलीका ईन्चार्ज प्रहरी सहायक हवलदार विपद यादवले सो वेश्यावृति हुने पसलहरुबाट महिनवारी बुझदै आएको स्थानियहरुले गुनासो गरेका छन् ।
यतिमात्र कहाँ हो र, सहायक हवलदार विपद यादवले श्रीपुर मातहतमा पर्ने सिर्सिया, ड्राईपोर्ट, अलौं, कोनिया लगायतका नाकाहरुबाट महिनवारी लिई तस्करीको लाईन दिएको समाचार स्रोतले जनाएको छ ।
सहायक हवलदार यादवको दरबन्दी सर्लाही भए पनि केही प्रहरी अधिकृतहरुलाई प्रभावमा पारी बिगत ३ वर्षदेखि वडा प्रहरी श्रीपुरमा टाईगर टोलीमा बसी मासिक लाखौं लाख असुली गरिरहेको जनाईएको छ ।
वडा प्रहरी श्रीपुरको नाकाबाट हाल कपडा, हार्डवेयर, काजु, चिनी, कस्टमेटिक, कवाडी, व्याट्री, रक्सी, किराना सामग्रीहरुको खुल्लेयाम रुपमा तस्करी गर्ने तस्करहरु सँग प्रहरी हवलदार यादवले राम्रो सम्बन्धन बनाई तस्करी कार्यलाई बढावा दिईरहेको स्थानियहरुले गुनासो गरेका छन् ।
प्रहरी चौकी सिर्सियाका घुमुवा प्रहरी जवान सागर यादवले पनि विपद यादवलाई भरपुर साथ र सहयोग गर्दै आएका छन् । सागर यादव आफु प्रहरी चौकीका ईन्चार्ज सई पनेरुको दाहिने हात भएको भन्दै धाकधम्की देखाउदै रकम असुलीमा मस्त रहेको स्थानियहरुले बताएका छन् ।
सागर यादवको पनि दरबन्दी सिर्सियामा नभए पनि उनी पनि सई पनेरुको सहयोगमा सिर्सियामा घुमुवाको रुपमा काम पाएको समाचार स्रोतले जनाएको छ ।
पर्साका प्रहरी उपरीक्षक कुमोद ढुंगेलले पर्सामा तस्करी लगायतका अवैध गतिविधि बन्द गर्न बारम्बार निर्देशन दिदै आएको भए पनि हाल सो नाकाहरुबाट तस्करी र आईसिपि अगाडिको वेश्यावृति नरुकेको स्थानियहरुले बताएका छन् ।
यस तर्फ प्रहरी संगठनको माथिल्लो निकायको ध्यान पुग्न अतिआवश्यक रहेको स्थानियहरुको माग रहेको छ सभार साझा नेट्वर्क
प्रतिक्रिया