युवा अन्तरक्रिया कार्यक्रममा एमालेका युवा नेता वडा अध्यक्ष कुशवाहा सम्मानीत


रौतहट ३ कार्तिक । नेकपा एमालेका युवा नेता तथा कटहरिया नगरपालिका वडा ४ का अध्यक्ष चन्दन कुशवाहा सनिवार एक समारोहका बिच सम्मानित भएका छन्।नेपाल युथ डेभलपमेन्ट सेन्टर एलसी रौतहट चन्द्रपुर र एलसी काठमाडौँ मिथिला सिटीले आयोजना गरेको उक्त कार्यक्रम प्रती युवाहरुको चासो, युवाको सक्रियता लगाएतको विषय बस्तुमा अन्तरक्रिया गरिएको हो।

जिल्ला भरिका युवा संगको अन्तरक्रियालाई नेपाल युथ डेभलपमेन्ट सेन्टरका पदाधिकारी रिजवान बाबु र वडा नम्बर ४ का अध्यक्ष चन्दन कुमार कुशवाहाले जमुनिया बजारमा बुढापाकाहरूले जुगा जस्ता बजारमै युवाहरूलाई देखाएर खेल्ने यो पनि युवाहरूको बिगार्ने कारण हो युवाहरूलाई बारेमा, जेसिजका काम कर्तव्य लगाएतका विषय बस्तुको जानकारी दिएका थिए ।कुशवाहा २०७४ को स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्रको टिकट बाट र २०७९ को निर्वाचनमा नेकपा एमालेको टिकट बाट कटहरिया नगरपालिका ४ को वडा अध्यक्षमा निर्वाचित भएका थिए। उनी निर्वाचित भएदेखि नै युवा तथा जनचाहना अनुसारको विकास निर्माणको काम गर्दै आएका छन्। आउँदो २०८४ को स्थानीय निर्वाचनमा युवा नेता चन्दन कुशवाहा कटहरिया नगरपालिकामा मेयर पदको लागि तयारी गरिरहेको चर्चा चुलिएको छ ।

सहभागीले पनि आफ्नो जिज्ञासाहरु व्यक्त गरेका थिए ।अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेप नेपाल youtube सेन्टरका २०२२ का अध्यक्ष रिजवान बाबु भुमिका निभाउदै १८ देखि ४० वर्ष भित्रका युवाहरुलाई संगठित गर्दै आएको उनले बताए ।नेतृत्व र ब्यक्तित्व बिकास गर्दै समाज रुपान्तरणको लागी युवाहरुलाई तालिमको माध्यमबाट सक्षम र उधमी बनाउन सीप बिकास सम्बन्धी तालिम दिदै बिधिको शासनमा रहि जेसिजले समाजको लागी निरन्तर सेवा गर्दै आएको कार्यक्रम प्रमुख कुशवाले बताए ।

युवा नै देशको अग्रगामी विकासका मुल आधार हुन् र युवाको मेहनतले नै देश बन्छ” – यो भनाई यत्रतत्र सुनिन्छ र धेरै अगाडिदेखि सुनिँदै आएको पनि हो । अवश्य पनि युवावस्था भनेको परिवर्तन चाहने उमेर हो र युवामा समाज र देशको लागि केही गर्ने चाहना पनि अधिक हुन्छ । यही कारण युवालाई असीम ‘ऊर्जाको केन्द्र’ र ‘देशको गौरवको आधार’को उपाधि दिनुलाई सही नै मान्नु पर्दछ । युवाको विश्वव्यापी रूपमा मान्य हुने एउटै परिभाषा नभए तापनि सामान्यतया युवावय अवस्थालाई बाल्यकाल सकिएर वयस्क नहोउन्जेलको उमेरलाई युवाकाल भनेर बुझ्ने गरिन्छ ।

यस सम्बन्धमा विभिन्न देशले आ–आफ्नै व्याख्या गरेका छन् । बङलादेशमा १५–३० वर्ष उमेर समूहकालाई युवा भनिन्छ भने भारतमा १६–२९ वर्ष समूह र चीनमा १८ देखि ३५ वर्षबीचका लाई युवा मानिन्छ । नेपाल सरकारको युवा नीति २०७२ मा भने १६ देखि ४० वर्ष समूहकालाई युवा भनेर उल्लेख गरिएको छ । उक्त नीतिका आधारमा हेर्दा नेपालको कुल जनसङ्ख्याको ४०.३५ प्रतिशत हिस्सा युवाले ओगटका छन् । नेपाल सरकारको युवा नीतिले युवालाई ‘राष्ट्रको शक्ति, अमूल्य सम्पत्ति, अग्रगामी परिवर्तनका वाहकहरु’ भनेर व्याख्या गरेको छ । चौतर्फी रुपमा भइरहेको युवासम्बन्धी वहसलाई ध्यानमा राखी यस लेखमार्फत् युवाले समाजको राजनैतिक, आर्थिक, सामाजिक र शैक्षिक विकास प्रक्रियामा कस्तो भूमिका खेल्न सक्छन् भन्नेबारे चर्चा गर्ने जमर्को गरिएको छ ।

समाजको विकास एक निरन्तर चलिरहने प्रक्रिया हो, जसले समाजको सामाजिक, आर्थिक, भौतिक र वातावरणीय अवस्थालाई सकारात्मक तरिकाले परिवर्तन गरिरहेको हुन्छ । सामान्यतया विकासलाई कुनै पनि समुदायको र त्यहाँका नागरिकहरुको जीवनमा आईपर्ने समस्याहरुलाई हल गर्दै नागरिकहरुको जीवनमा आउने सकारात्मक परिवर्तनका रुपमा व्याख्या गर्ने गरिन्छ । तर, परिवर्तन सहजै आउँदैन । वास्तविक परिवर्तनका लागि समुदायका सबै तहका वर्ग र समूहको सहभागिताको आवश्यकता पर्दछ । त्यसमध्ये पनि माथि उल्लेख गरिएझैँ सबैभन्दा उर्जाशील र परिवर्तनको चाह राख्ने युवावर्गको सहभागिता अत्यन्तै महत्वपूर्ण हुन्छ ।

प्रतिक्रिया




Top