सुमेस्वर साह,
बारा जिल्लाको प्रर्सौनी गाउँपालिका वडा नं ३ स्थित ठूलो नौतनमा विष्णु महायज्ञको भव्य तयारी थालिएको छ। कार्तिक २६ देखि मंसिर ५ गते सम्म मङ्लेस्वर नाथ मन्दिरको फिल्डमा श्री विष्णु महायज्ञ चल्ने जनाइएको छ।
बीस बर्षको अन्तराल पछि यस गाउम हुन गइरहेको श्री बिष्णु महायज्ञको पुजा स्थलमा शनिबार विधि पूर्वक पूजापाठ गरि ध्वजा राेहन एवम् भूमि पुजन सम्पन्न गरिएकाे पर्सौनी वडा नं ३ का वडा अध्यक्ष छोटेलाल साह कानुले बताए । विष्णु महायज्ञ मूल समितिकाे आयाेजनामा ध्वजा राेहन एवम् भूमि पुजन गरिएको उनले जानकारी दिए ।
महायज्ञको लागि बारा, पर्सा लगायत भारतको विभिन्न ठाउहरु बाट साधुसंत लाई आमन्त्रित गरिएको छ। यज्ञकर्ताको रुपमा बारा बहुवरी का महन्त श्री राजेन्द्र दास बैरागी रहेका छन भने भारतको बनारस बाट आचार्य पन्डित श्री मुकुन्द स्वामी शास्त्रीको आगमन हुने बताइएको छ।
नेपाल संगै समग्र विश्वमा शान्ति, समृद्धि र कल्याणको कामना गर्दै विष्णु महायज्ञको आयोजना गर्न लागिएको श्री बिष्णु महायज्ञ मुल समितिका अध्यक्ष विश्वनाथ साह कानुले जानकारी गराएका छन । विष्णु महायज्ञले समाजमा भएको बिकृति लाइ नष्ट गर्ने र भगवान् नामक हरेक व्यक्तिको मनमा बस्ने र स्वच्छ वातावरणको सृजना हुने विश्वास रहेको अध्यक्ष कानुले बताए।
।
महायज्ञको सुरुआतको दिन कार्तिक २६ गते जल यात्राको लागि बहुवरी हुदै नन्की नौतन हुँदै त्रिवेणि नदीबाट जल लिइ प्रर्सौनी हुँदै पुर्ण सोही स्थानमा फर्किने छ भने यज्ञको सुरुवात कार्तिक २७ गते बाट सुरु भइ मंसिर ५ गते समापन हुने छ ।
प्रतिक्रिया