रास्वपा द्वारा ओलि सरकारले राजनीतिक प्रतिशोधको साधेको भन्दै वीरगञ्जमा विरोध प्रदर्शन


सुमेश्वर साह,

केही दिन देखि हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सरकारले अनावश्यक रुपमा हिरासतमा राखेर राजनीतिक प्रतिशोध साधेको भन्दै वीरगञ्जमा विरोध प्रदर्शन गरेको छ ।

राजनीतिक प्रतिशोध विरुद्धको ऐक्यबद्धता, शान्तिपूर्ण र्‍याली’ को ब्यानरसहित जिल्ला संयोजक हरि पन्तको नेतृत्वमा निकालिएको जुलुस नगरका विभिन्न भागको परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यलयमा ज्ञापन पत्र बुझाएको छ ।

राजनीतिक प्रतिशोध साँधेर सरकारले सभापतिलाई पक्राउ गरेको भन्दै  पार्टीले निः सर्त रिहाइको माग गरेको केन्द्रिय सदस्य डा. नन्दन यादवले जानकारी गराएका छन ।

ज्ञापणपत्रमा सरकार द्वारा गठित संसदीय समितीले समेत कुनै सहकारी ठगीमा सभापति रवि लामिछानेको संलग्नता नरेको स्पष्ट पारेपनी सरकारले राजनीति प्रतिशोध साद्नका निम्ति फसाएको आरोप लगाएका छन ।

पर्सा जिल्लाका प्रमुख गणेश अर्याल लाई ज्ञापन पत्र बुझाउनेमा रास्पा का केन्द्रिय सदस्य डा. नन्दन यादव , पर्सा जिल्ला संयोजक हरि पन्त , सहसंयोजक प्रमोद राय माझी , प्रदेश सदस्य दिलिप कुर्मी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया




Top