नेपाल स्वास्थ्यकर्मी संघले १ दिने नेतृत्व विकास तालिमको कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमले स्वास्थ सेविका सहित निजी तथा सरकारी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुको क्षमता बढाउने तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा सहयोगी भूमिकामा खेल्ने भन्दै एक दिने नेतृत्व विकास तालिमको आयोजना गरेको छ।
आज उद्वघाटन कार्यक्रममा प्रमुख अतिथी रहेका मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले पेशागत स्वास्थ कर्मीको समस्याको संग संगै राष्ट्रिय स्तरमा मानव जिवनको स्वास्थ क्षेत्रमा कसरी जनता लाई प्रभावकारी सेवा प्रदान गर्न सकिन्छ भन्ने हाम्रो मुख्य उदेश्य त्यही रहेको बताएका छन । अहिले पनि स्वास्थ्य सेवा नेपालको हिमाली तथा पहाडी ठाउको कुना कप्चा जस्तो ठाउँ पुग्न नसकेको तथा दक्ष जनशक्ति समेत पुग्न नसकेको ठाउमा स्वास्थ सेविकाहरु ले गरेको योगदान सराहनीय रहेको उनले बताए । महिला स्वास्थ सेविकाहरु प्रती आफुलाइ सधै गर्व रहेको तथा आफू तत्कालीन जि.बि स अध्यक्ष रहेको बेला पर्साको प्रत्येक गाबिस तथा वडाहरुमा स्वास्थ सेविकाहरु लाई काम गर्न प्रोत्साहन गरेको बताए ।
अहिले पनि स्वास्थ सेविकाहरु न्यून ज्यालामा जनताको स्वास्थ सेवामा खटिनु परेकोले राज्यले पनि उनीहरुको परिश्रम प्रती ध्यान दिन एकदम जरुरी रहेको बताए । मधेस प्रदेशका स्वास्थ सेविकाहरु आफ्नो समस्याहरु समिती मार्फत मधेस सरकारलाई ध्यानाकर्षण गराउनु पर्ने बताए । त्यस्को लागि आफू सहजीकरण गर्न तयार रहेको समेत उनले बताए ।
त्यस्तै कार्यक्रममा विशिष्ट अतिथी रहेका स्वास्थ्यकर्मी संघका केन्द्रिय अध्यक्ष रामजी घिमिरेले समाजिक सुरक्षा जस्ता कार्यक्रमहरु नेपाली कांग्रेसको पालामा आएको तर यश लाई जुन तरिकाले जनता समक्ष पुर्याउनु पर्ने हो त्यस्मा हामी चुकेको उनले बताए । नेपाली कांग्रेसले धेरैले राम्रा राम्रा कार्यहरु जनताको लागि गतेपनि उचित प्रचार प्रसारले गर्दा हामी अगाडि बढ्न नसकेका उनले गुनासो गरे ।
उक्त कार्यक्रममा अतिथीका रुपमा रहेका नेपाली कांग्रेस पर्साका कार्यबाहक सभापति रामनारायण कुर्मीले अहिलेको सामुदायिक अस्पतालमा जति जनशक्ति हुनुपर्ने त्यति पुग्न नसकेको बताए । नेपाल सरकारले स्वास्थ संग विभिन्न अभियानहरु स्वास्थ सेविका मार्फत संचालन गर्ने गरेको तर स्वास्थ सेविकाहरुको परिश्रम प्रती उदासीन रहेको बताए । अहिले पनि देशको विभिन्न ठाउँहरुमा समयमा औषधि , स्वास्थ कर्मीहरु पुग्न नसकेको ले सरकारले यस प्रती ध्यान दिन जरुरी रहेको बताए । पर्सा जिल्लामा स्वास्थ सेविकाहरु लाई खटाउन सुरुवात गर्नु भएका बि . स २०५६ सालमा तत्कालीन जिल्ला बिकास समितिका सभापति रहेका हालका मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले महत्त्वपूर्ण भुमिका खेलेको बताए।
आज भएको कार्यक्रममा बिरगंज महानगरका उप-प्रमुख इम्तियाज आलम,स्वास्थकर्मी संघका पुर्व अध्यक्ष राजनेन्दन सिंह ,पुर्व सचिव योगेन्द्र बन्जियार,स्वास्थ कर्मी संघका अध्यक्ष रामजि घिमिरे लगायतको उपस्थिति रहेको थियो भने प्रशिक्षण ऋषि राम पाण्डेले गर्नु हुने तथा कार्यक्रमको सहजीकरण स्वास्थकर्मी संघका केन्द्रिय सदस्य तथा महिला संयोजक शोभा उप्रेती खरेलले गरेका थिए।
प्रतिक्रिया