वीरगञ्जको तेजारथ टोलस्थित साह दरबार पार्टी प्यालेसमा सशस्त्र प्रहरी र भन्सार कार्यालयको सयुँक्त टोलीले ठूलो मात्रामा अवैध सामग्री बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्सा र वीरगञ्ज भन्सार कार्यालयले काजु र खजुरको ठूलो खेप फेला पारेको हो, जसको मूल्य पाँच लाख ८२ हजार तीन सय रुपैयाँ आसपास रहेको अनुमान गरिएको छ। यी सामग्री अवैध रूपमा गोदाममा भण्डारण गरिएको अवस्थामा फेला परेका हुन्। सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालका अनुसार उक्त सामग्रीको अनुगमन गर्दा यो ठूलो मात्रामा पाइएपछि सुरक्षा अधिकारीहरूले हस्तक्षेप गरेका थिए।
साह दरबार पार्टी प्यालेस पर्साको बहुदरमाई नगरपालिकाका पूर्व प्रमुख नितेन्द्र साहको हो। यद्यपि उनले पार्टी प्यालेसको सञ्चालन अरुलाई दिइसकेको भएता पनि उनका नाममा रहेको सम्पत्ति र यस घटनासँग सम्बन्धित हुनेको आशंका बढेको छ। यस घटनाले जनप्रतिनिधिहरू र सार्वजनिक व्यक्तिहरूको व्यापार र गतिविधिहरूको अनुगमनको आवश्यकता थप स्पष्ट बनाएको छ।
- त्यस्तै, वीरगञ्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगरबाट पनि अवैध कपडा बरामद गरिएको छ। सशस्त्र प्रहरी र भन्सार कार्यालयको टोलीले राजेन्द्र बरईको घरमा छापा मारी ६ लाख १४ हजार चार सय रुपैयाँ बराबरको कपडा बरामद गरेको हो। यस घटनाबाट कूल ११ लाख ९६ हजार सात सय रुपैयाँ बराबरको काजु, खजुर र कपडा नियन्त्रणमा लिइएको छ।
प्रतिक्रिया