बच्चाको प्रतिरक्षा प्रणाली बढाउन लगायत शरीरको बिकासको लागी स्वर्ण बिन्दु महत्त्वपूर्ण : प्रमुख डा शिवनारायण गुप्ता


सुमेस्वर साह,

प्रादेशिक आयुर्वेदिक तथा वैकल्पिक चिकित्सालय वीरगंजले बालबालिकाको लागि आज मंसिर ६ गते बिहिवारका दिन स्वर्ण विन्दु थोपा खुवाएको छ । प्रत्येक महिनामा पर्ने पुष्य नक्षेत्रका दिन उक्त कार्यलयको आफ्नै प्रांगणमामा जन्मदेखी ५ वर्ष पुगेका बालबालिकाहरु लाइ स्वर्ण बिन्दु खुवाइदै आएको छ ।

बच्चाहरूको दिमागको विकास एक वर्षदेखि पाँच वर्षबीच सबभन्दा बढी हुने गरेको र स्वर्ण विन्दु कार्यक्रमले उनीहरूको मानसिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने गरेको ले आ आफ्नो बालबालिका लाई स्वर्ण बिन्दु खुवाउन एकदम जरुरी प्रादेशिक आयुर्वेदिक तथा वैकल्पिक चिकित्सालय वीरगंजका प्रमुक डा. शिवनारायण गुप्ताले बताए । हरेक महीना सञ्चालन हुँदै आएको यस कार्यक्रमबाट बच्चाको प्रतिरक्षा प्रणाली बढ्नुका साथै बच्चाहरुको रोग प्रतिरो,क्षमता बढाउने , पाचन शक्ति बढाउने , शरीरमा बल प्रदान गर्नुको साथै समग्र स्वास्थ राम्रो बनाउने गर्दछ । यसले निमोनिया, झाडापखाला लाग्न नदिनुको साथै तौल नबढ्नेजस्ता समस्याबाट समेत छुटकारा दिने गरेको डा. गुप्ताले बताए ।

 

यसको कुनै नकारात्मक प्रभाव छ ? भन्ने प्रश्नमा उनले भने‚‘यो आयुर्वेदका विज्ञ चिकित्सकले सुरक्षित तवरले तयार पारिएको आयुर्वेदको औषधी हो, चिकित्सक र आयुर्वेद स्वास्थ्यकर्मी सल्लाहमा लिँदा कहि पनि केही असर गर्दैन।’

महत्त्वपूर्ण जानकारीमा स्वर्ण बिन्दु खुवाए पश्चात् आधा घन्टा सम्म खाना वा दूध खुवाउनु नहुने चिकित्सक बताउन्छन । त्यस्तै यसको सेवन बाट कुनै दुव्यप्रभाव देखिए तुरुन्त चिकित्सक संग सल्लाह गर्नुपर्ने हुन्छ । बालबालिकाहरु लाई सन्तुलित आहार सेवन गराउनु पर्छ । बालबालिकाहरु लाई टि.भि मोबाइल जस्ता स्कृनमा लामो समय हेर्न दिनु हुदैन ।

स्वर्ण बिन्दु थोपा खुवाइएको आजको कार्यक्रममा डा. शिवम जैसवाल ,डा.नवीन रौनियार, डा. नम्रता जैसवाल , प्रशासन प्रमुख नागेन्द्र प्रसाद पटेल , दिनेश साह , संगिता कुमारी लगायत स्वास्थ स्वयंसेबिका महिलाहरुले सहयोगी भुमिका खेलेला थिए ।

प्रतिक्रिया




Top