वीरगन्ज टुडे,
कटहरीया नगरपालिका वडा नम्बर ४का अध्यक्ष चन्दन कुमार कुशवाहाले आयोजना गरेका रक्तदान कार्यक्रम भब्यताका सम्पन्न भएको हो । उक्त कार्यक्रममा १४० जना महिला र पुरुषहरुले रक्तदान गरेका छन् ।
रक्तदान कार्यक्रममा नेसनल मेडिकल, कृष्ण निरालाका सहकार्यमा र कटहरिया नगरपालिकाको वडा नं ४ वडा अध्यक्ष कार्यक्रम प्रमुख अतिथि चन्दन कुमार कुशवाहा रगतदान कर्यकम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि कुशवालयले रक्तदान महादान भएकोले रक्तदान गर्नका लागि प्रोत्साहित गर्नुपर्ने बताउनुभयो ।कुशवाहाले मानिसको जीवन बचाउने कार्यका लागि रगत अत्यावस्यक भएकोले रक्तदानको कार्यक्रम आयोजना गरेको जानकारी दिनुभयो ।
वडा सचीव छोटेलाल मिश्रा रक्तदानको मानवजीवनमा ठूलो महत्व रहेको बताउनुभयो । उक्त कार्यक्रममा रक्तदान गर्नेहरुलाई पाष्ट डिस्ट्रिक गर्भनर डक्टर कृष्ण निराला नेसनल मेडिकल कर्मचारीहरुलाई वडा अध्यक्ष कुशवाहाद्वारा नेसनल मेडिकलका कर्मचारीहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
प्रतिक्रिया