लायन्स क्लब अफ बीरगंज मिलेनियम एम.जे.एफ.द्वारा आज वीरगञ्ज महानगरपालिका वडा नं१० स्थित घडिअर्वा पोखरी परिसरमा पाँच थान बेञ्च सहयोग गरेको छ । पोखरीलाई थप व्यवस्थित र नागरिकमैत्री बनाउन सो बेन्च सहयोग गरिएको हो ।
सो कार्यक्रमका प्रमुख अतिथि रहेका वडा नम्बर १० का वडा अध्यक्ष सुशील साह कानुले यस सकारात्मक सहकार्यलाई विशेष रुपमा प्रोत्साहन गर्दै घडिअर्वा पोखरीलाई अझ सुन्दर, हरियालीयुक्त र आकर्षक बनाउन प्रतिबद्धता व्यक्त गरेका थिए। उनका अनुसार यस प्रकारका सहयोग र सहकार्यले हाम्रो वडा र समुदायको समग्र विकासमा उल्लेखनीय टेवा पुर्याउने विश्वास ब्यक्त गरेका थिए। स्थानीय संघसंस्थासँग सहकार्य गर्दै घडिअर्वा पोखरीलाई अझ सुन्दर, हरियालीयुक्त र आकर्षक बनाउन म प्रतिबद्धता व्यक्त गर्दछु उनले भने। त्यस्तै उनले बेञ्च सहयोग गर्दै पोखरीलाई थप व्यवस्थित र नागरिकमैत्री बनाउन महत्वपूर्ण योगदान पुर्याएकोमा सुरेश कुमार गाडिलाई धन्यवाद समेत दिएका थिए।
सहयोग कार्यक्रममा वरिष्ठ उद्योगपति श विरु सांघाई, समाजसेवी श्री सज्जन अग्रवाल, डीएन अग्रवाल लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया