नेपाली काँग्रेस पर्सा कार्य समितिका सभापति तथा मधेश प्रदेश भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले बारा जिल्लाको करैया माई गाउँपालिक वडा नं ५ तेतरिया मा रहेको साना किसान सहकारी संस्थाको १४ औ बार्षिक साधारणसभाको समुद्घाटन गर्नुका साथै विभिन्न सहकारी सस्थाको अनुगमन तथा निरीक्षण समेत गरेका छन ।
बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालीका वार्ड न. -१४ डुमरवानामा रहेको साना किसान सहकारी संस्था तथा जीतपुर सि. उम.नपा.-१४ मनहर्वा र कोल्हवी न.पा.वार्ड न.-४ सपहि का साना किसान सहकारी संस्थाहरुको अनुगमन तथा निरीक्षण गर्ने क्रममा सो सस्थाहरुको प्रगति बारे समेत जानकारी लिएका छन।
अनुगमनको क्रममा मन्त्री क्षेत्रीले यहाका सहकारी संस्थाहरुको कामको तारिफ गर्दै यस्ता सहकारी संस्थाले धान भण्डारण ,दुध संकलन केन्द्र स्थापना गरी किसानहरुलाई बिक्रीवितरण गर्नका लागि सहज बनाएकोले आफू खुसी भएको बताए । वास्तवमा यस्ता सहकारी संस्थाहरुलाई बिशेष प्याकेज र अनुदान दिनुपर्छ यस्तै नयाँ टेक्नोलोजी को ब्यवस्था गरे कृषिमा क्रान्ति आउने मंत्रीले जोड दिएका थिए। त्यस्तै उनले अहिलेका दुईचार जना खराव मानसिकता बोकेका कृषि सहकारी संस्थाहरुले संस्था मार्फत गरिब किसान मजदुर बर्गका जनताहरुको पैसा ठगी गर्ने तथा संस्थाहरुलाई बदनाम गर्न खोज्ने लाइ कानुनी दायरामा ल्याई सरकार ले कारवाहि गर्ने उनले बताए ।
जीतपुर सि. उम.नपा.-१४ मनहर्वा र कोल्हवी न.पा.वार्ड न.-४ सपहि का साना किसान सहकारी संस्थाका पदाधिकारीहरुले मधेश सरकारले कृषिमा बिशेष अनुदान दिए संगै सहकारी सस्थाहरुले धान, गेहु को बिउबिजनका लागी प्रशोधन केन्द्र स्थापन गरेको तथा बारा का किसानहरुलाई बिउबिजन को लागि अन्ततिर धाउनु पर्ने बाध्यता हटेको बताएका छन ।
अनुगम तथा निरीक्षण कार्यक्रममा नेपाली कांग्रेस मधेश प्रदेश सह महामन्त्री जयनारायण यादव , नेपाली कांग्रेस पर्साका जिल्ला सदस्य हरिन्द्र यादव, उक्त मंत्रालयका सचिव, कृषि डाइरेक्टर जितेन्द्र यादव ,कृषि ज्ञानकेन्द्र बारा का प्रमुख राजनारायण साहको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया