वीरगुन्ज टुडे,
६ पुस २०८१ वीरगञ्ज । पर्सा जिल्लाको विन्दवासनी गाउँपालिका वडा नं २ गर्दौलमा लायन्स इन्टरनेशनल डिस्ट्रीक ३२५ S को आयोजनामा एंव रामजानकी युवा क्लबको सहयोगमा शनिबार एकदिने निशुल्क आँखा परिक्षण शिविर एंव स्वास्थ्य चेकजाँच सम्पन्न भएको छ ।
विन्दवासिनी गाउँपालिका वडा नं.२ गर्दौल स्थीत श्री भगवती नेपाल राष्ट्रिय बागडमैना यादव विध्यालयमा सम्पन्न शिविरमा ४१२ जनाले आखाँ जाँच गराएका छन् । आखाँ जाँच गराउने मध्ये ९२ जनामा मोतियाविन्दु फेला परेको क्लबका अध्यक्ष रंजय कुमार यादवले बताए। साथै स्वास्थ्य चेकजाँचमा महिला,बालबालिका,पुरुष गरि २०५ जनाको स्वास्थ्य चेकजाँच गरिएको थियो।
यो शिविरमा विनदवासनी गाउँपालिकाका पुरै वडा बाट तथा गाउँपालिका आसपास पोखरीया, बिश्रामपुर,बैरीया बिर्ता लगायत अनाय गाउँहरूबाट आँखाका रोगीहरुको सहभागिता रहेको थियो।
अस्पतालका प्राविधिक टोली डा.कृती अग्रवाल,डा संजय अगरवाल,डा.विरेन्द्र प्रधान,डा.राज भट्ट,डा खेतानले आँखा परिक्षण तथा स्वास्थ्य चेकजाँच गरेका थिए ।
मोतिया विन्दुका विरामीहरुलाई भोलि बिहान ८ बजे मैत्रिका आई फाउण्डेसन वीरगञ्जमा अप्रेसन गरिने क्लबका अध्यक्ष रंजय कुमार यादवले बताए।
प्रतिक्रिया