लोककल्याणकारी बिज्ञापनको भुक्तानीको माग गर्दै नेपाल पत्रकार महसघं पर्साले बुझायो पत्र


बिगत केही समय देखि वीरगन्ज महानगरपालिकाले रोकिराखेको लोककल्याणकारी बिज्ञापनको भुक्तानीको माग गर्दै आज नेपाल पत्रकार महासंघ पर्साको पदाधिकारीले वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरबिन्द लाल कर्ण लाई पत्र बुझाएका छन ।

त्यस्तै सप्ताहिक पत्रिक लाई लोककल्याणकारी बिज्ञापन बाट वीरगन्ज महानगरपालिकाले वन्चित गरेको कारण स्थानीय पत्रपत्रिका समस्या परेको बताइएको छ । सप्ताहिक पत्रपत्रिका लाई पनि लोककल्याणकारी बिज्ञापन समावेश गराउनु पर्ने माग गरिएको छ ।

वीरगन्ज महानगपालिका आमसंचार सम्बन्धि कानुन ल्याउने नेपाल मै पहिलो पालिका भएपनी यसको कार्यनब्यनमा उदासिनता देखिनु संदेहको विषय बनेको बताइएको छ । त्यस्तै अहिले देखिएको आर्थिक शिथिलताको मारमा आमसन्चार माध्यमहरु परेको अवस्थामा वीरगन्ज महानगरपालिका ले दिदै आएको सहुलियत समेत रोक्का भएपछी थप संकट निम्तिएको छ ।

त्यस्तै जेष्ठ पत्रकारहरुको लागि वीरगन्ज महागनगरपालिकाले स्वयमले छुट्टीयाएको बजेट कार्यनयनमा समेत अबिलम्ब भइरहेकोले यस्लालाई छिटो टुङाउनु पर्ने माग गरिएको छ ।

आज पत्र बुझाउनेमा नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष निलिमा पौडेल , सचिव बिजय चौहान, सदस्य राहुल गुप्ता अजित भुजेलको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया




Top