वीरगन्ज टुडे,
रौतहटको कटहरीया नगरपालिका वडा नं ४ स्थित कटहरीया रङ्गशाला ,स्टेडियममा पहिलो पटक टि टेन (T10) शुरु हुने भएको छ । पौष २५ गते देखी शुरु हुने (t10) आजैबाट उद्घाटन म्याच खेल्ने भएको हो। सो क्रीकेट प्रतियोगितामा श्री जनता मावि कटहरिया, श्री मावि बलिरामपुर बीच , वडा अध्यक्ष चन्दन कुशवाहाले ब्याटिङ गरेर उद्घाटन भएको हो सो प्रतियोगिता टुर्नामेन्टमा सहभागी ९ वटै वडाका टिम र ६ वटा विद्यालयको सहभागीता रहने छ ।
टि १० नकआउट टुर्नामेन्टको आयोजना गरेका छन् र यो टुर्नामेन्ट हाम्रा नगरका युवा खेलाडीहरु प्रदेश तथा देशमा राम्रो खेलोस र छनौट होस् भन्ने चाहनाले सुरुवात गरेको कटहरीया नगरपालिकाको युवा वडा अध्यक्ष चन्दन कुमार कुशवहाले बताएका छन्। कटहरिया नगरपालिकाका ९ वटै टिम , नगरपालिका अन्तर्गत मावि विद्यालयहरुका बिद्यार्थी खेलाडी ६ वटा रहेका हो ।
नगरक्षेत्रमा रहेका क्रिकेट खेलाडीहरुको क्षमता अभिवृद्धि गर्दै व्यवसायी एवं गुणस्तरिय खेलाडी उत्पादनको लागी हाम्रो टिमले टि टेनको शुरुवात गरेको युवा वडा अध्यक्ष कुश्वाहाले बताए ।
प्रतियोगितामा सहभागी गौरका ९ वटै वडाका , ६ वटा बिधालय टिमको लोगो र जर्सि सार्वजनिक गरिएको छ । प्रतियोगिता अवधीभरीमा खेलाडीहरु अनुशासित रहन आग्रह गर्दै यदी कुनै खेलाडी खेलभावना विरुद्ध कुनैपनि कार्य गरेमा सम्पूर्ण म्याच फि काटिने समेत बताए।
प्रतिक्रिया