पवन प्रसाद साह
बिरगंज/ ६ माघ
रौतहटनका समस्त मेडिकल ल्याबका स्वास्थ्यकर्मीहरुले नेपाल सरकारले तोकेको परिश्रमिकको माग गर्दै जिल्ला प्रशासन कार्यालय रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी नरेश कुमार यादव ज्ञापनपत्र बुझाए बझाएका छन ।
मेडिकल कलेज र स्वास्थ्य संस्थाहरुबाट नर्सिंग तथा अन्यस्वास्थ्यकर्मीहरुको पारिश्रमिक लगायतका सुविधामा अन्याय भएकोले सो को समाधानका लागी नेपाल सरकारको सचिव स्तरिय बैठकको मिति २०८१।८।२७ को निर्णय अनुसारगर्न गराउनु भनि सम्पुर्ण मेडिकल कलेज तथा निजी स्वास्थ्य संस्थाहरुलाई पत्राचार भएको कुरालाई अवगत गराउदै नेपाल सरकारले दिएको निर्देशन समेतको अवज्ञा गर्दै विभिन्न निजी स्वास्थ्य संस्थाहरुले सो निर्देशनको पालना नगरेकोले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सो पत्रको कार्यान्वयको माग गर्दै मेडिकल ल्याबका स्वास्थ्यकर्मीहरु सहायक प्रजिअ लाई ज्ञापनपत्र बुझाएका छन ।
साथै नेपाल सरकारले दिएको निर्देशनको मेडिकल कलेज तथा निजी स्वास्थ्य संस्थाहरु पालना नगरे आन्दोलन गर्न बाध्य हुने अवस्थाको सृजना भईरहेकोले सो हाम्रो मागहरु पुरा गर्न गराउनेकार्यमा आवश्यक निर्देशन सहित आवश्यक सहयोगको लागी स्वास्थ्य मन्त्रालयको सो पत्रको फोटोकपी यसै साथ संलग्न राखी रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी नरेश कुमार यादव लाई ज्ञापनपत्र बुझाएका छन ।
प्रतिक्रिया