सुमेश्वर साह (धिरज)
वीरगन्ज टुडे,
श्रमजीवी–पत्रकार संघ, नेपालको पर्सा जिल्ला कार्य समिति घोषणा कार्यक्रम आज नेपाल पत्रकार महासंघ पर्सा शाखामा सम्पन्न भएको छ । पत्रकार आर.के पटेलको अध्यक्षतामा १६ सदस्यीय जिल्ला कार्य समिति घोषणा गरिएको हो ।
घोषणा कार्यक्रम नवनिर्वाचन कार्य समिती लाइ कार्यक्रमको प्रमुख आथित्यता रहेका संघीय सांसद तथा नेपाल सरकारका खानेपानी मन्त्री प्रदिप यादवले खादा माला लगाइ टिमलाई बधाईसहित सफल कार्यकालको शुभकामना दिएका थिए ।
श्रमजिवि पत्रकार संघ नेपालको पर्सा जिल्ला कार्य समिति घोषणा कार्यक्रममा आफ्नो मन्तव्य राख्दै संघिय खानेपानी मन्त्री प्रदिप यादव ले श्रमजीवी पत्रकारहरुको हकहित लागि यस समिति ले काम गर्छ भने आफुले बिश्वास लिएको बताए । अहिले गठन भएको समिति मा पुरानो र नयाँ पत्रकारहरु समलित हुनु भएकोले यश समिति लाई सक्रिय रुपले अगाडि बढाउनु हुन्छ भने उनले आशा व्यक्त गरेका थिए । त्यस्तै अहिले पत्रकारिता पेशा मा समलित श्रमजीवी पत्रकारहरुले पाउने बिज्ञापन समाबेसी तथा बैज्ञानिक रुपमा उपलब्ध गराउनु पर्ने बताए ।
कार्यक्रममा बिशिस्ट अतिथिका रुपमा रहेका नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बन्जारा र नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओम प्रकाश खनाल सदस्यहरु अजित भुजेल , रितेश झा , तथा पत्रकार मनोज पटेल ले आफ्नो मन्तव्य राख्दै नयाँ कार्य समिति लाई बधाइ सहित शुभकामना दिएका थिए ।
आज घोषणा भएको समितिमा उपाध्यक्षमा प्रणय साह , महिला उपाध्यक्षमा बिमला गुप्ता , सचिवमा नितेश कर्ण , कोषाध्यक्षमा दिपक कुशवाहा सहसचिवमा अर्जुन गुप्ता , समाबेशी सहसचिवमा विशाल यादव, सदस्यहरुमा सुमेस्वर साह , पुनम चौधरी , राजु बैठा, विशाल पटेल , राज कुमारी गुप्ता बिनोद यादव, अनिल ओझा र राज सरार्फ रहेका छन त्यस्तै सल्लाहकारमा वरिष्ठ पत्रकार शिव शंकर साह शत्रुघन नेपाल , अनुप तिवारी , पंकज श्रेष्ठ रहेका छन ।
प्रतिक्रिया