गौतम स्कुलको ४८ औ वार्षिकोत्सबको अवसरमा अन्तर विद्यालय बाल फुटबल प्रतियोगिता हुने


सुमेस्वर साह (धिरज)

गौतम स्कुलको ४८ औ वार्षिकोत्सबको अवसरमा अन्तर विद्यालय बाल फुटबल प्रतियोगिता हुने भएको छ। सानै उमेरबाट खेलप्रति मोह जगाउँदै खेलकुदका माध्यमबाट एउटा सुन्दर समाज निर्माण हुने विश्वासका साथ बाल फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको हो।

गौतम स्कुलका अध्यक्ष गणेश क्षेत्रीको अध्यक्षतामा भएको पत्रकार समेलनमा मार्ग १० गते देखि १५ गते सम्म संचालन हुने यस प्रतियोगिता एसएसपी खेल मैदानमा आयोजना हुने छ भने वीरगन्ज महानगरपालिका अन्तरगत रहेका १५ वटा स्कुलहरुले यस प्रतियोगिता सहभागी हुने जनाइएको छ ।

कार्यक्रमका प्रमुख अतिथी रहेका प्याब्सन वीरगन्ज महानगरपालिकाका अध्यक्ष राहुल श्रीवास्तवले प्रतियोगिताको सफल्ताको शुभकामना दिदै यहि फाल्गुन को पहिलो हप्तामा प्याब्सनले अन्तर बिधालय फुटबलको आयोजना गर्न लागेको जानकारी गराएका छन । त्यस्तै आउने दिनमा प्याप्सन ले नगर स्तरीय फुटबल प्रतियोगिता आयोजना गर्ने आफुहरुको योजना रहेको र त्यस्मा वीरगन्जका सामुदायिक बिधालयहरु लाई समेत सहभागीता गराइने बताए । वीरगन्जको शिक्षा क्षेत्रमा गौतम स्कुलले ४८ वर्ष देखि पुर्याएको योगदान अतुलनीय रहेको उनले बताए ।

प्रतियोगितामा गौतम स्कुल , मनकामना स्कुल, लिटल एन्जल मा.बि, जीवन ज्योती मा.बि , ज्ञान् ज्योति मा.बि , ज्ञानदा मा.बि , सन साइन मा.बि , सन लाइट मा.बि , एस.आर ग्यालेक्सी स्कुल , मालिनी मा.बि , लिटल फ्लोवर मा.बि , ओम नेसनल , माउन्ट मकालु मा.बि , न्यु वेभ मा.बि तथा मिनिल्यान्द मा.बि सहभागी रहेने छ ।

प्रतियोगिताको पहिलो खेल न्यु वेभ मा.बि र मिनिल्यान्द मा.बि बिछ हुने जनाइएको छ । खेल जम्मा २५ मिनट को हुनेछ भने खेल अवधीमा १० मिनेट को ब्रेक पनि हुने छ । खेलमा सहभागी हुनका लागि खेलाडीहरुको उचाइ ४ फिट १० इन्चकोमुका खेलाडीहरु लाई सहभागी गराइने छ ।

प्रतियोगिताको विजेता तथा उपविजेताले ट्रफी र प्रमाणपत्र पाउने छन्। त्यसैगरी व्यक्तिगत पुरस्कारतर्फ म्यान अफ द म्याच, उत्कृष्ट गोलरक्षक, प्रशिक्षक, अनुशासित टिम, सर्वाधिक गोलकर्ता, डिफेन्स, मिड फिल्ड, फर्वाड र तेस्रो स्थान हुने टोलीलेसमेत पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ।

 

 

 

 

प्रतिक्रिया




Top