सुमेश्वर साह (धिरज)
भूमि समस्या समाधान आयोग पर्साका अध्यक्ष तबरेज अहमदले पदभार सम्हालेका छन् ।पर्सा जिल्ला समन्वय समितिको कार्यालयमा उनले पदभार ग्रहण गरेका छन। उनको कार्यकक्ष पनि जिल्ला समन्वय समितिको कार्यालय सँगै रहेको छ ।
पदभार ग्रहण गर्दै अध्यक्ष अहमदले यो भन्दा पहिलाको दुई वर्षे कार्यकालमा आफुहरुले जग्गाधनी प्रमाणपुर्जा वितरण गर्दै गर्दा सरकार ढलेर आयोग पनि विघटन भएको बताए। उनले आफ्नो पहिलो कार्यकालमा‘यदि सरकार नढलेको भए हामी ले पर्सा जिल्लामा दर्ता भएका आठ हजार पाच सय निवेदन मध्धे अधिकास जग्गाधनी प्रमाणपत्र वितरण गरिसक्ने थियौ । तर अबको ३ वर्षे कार्यकालमा पर्सामा विद्यमान भूमि सम्बन्धि समस्या स्थायीरूपमा समाधान गर्ने उनले बताए।
पदभार ग्रहण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख निरन्जन सोनार, जिल्ला प्रशासन कार्यलयका प्रमुख गणेश अर्याल , सशस्त्र प्रहरी पर्साका प्रमुख राधेश्याम धिमाल , जिल्ला प्रहरी कार्यलय पर्साका प्रमुख कुमोध ढुंगेल, राष्ट्रिय अनुसन्धान पर्साका प्रमुख दिलिप कुमार सिंह ठोरी गाउपालिकाका उपाध्यक्ष गोकुली कुमारी रेग्मी , एमाले पर्साका अध्यक्ष डा. बिश्वभर शर्मा सहित जिल्लाका विभिन्न राजनीतिक दलका प्रमुखहरूको सहभागिता रहेको थियो।
सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने गरी आयोगको गठन गरेको छ । पर्सा जिल्लाका लागि तबरेज अहमद आयोगको दोस्रो पटक अध्यक्षमा नियुक्त भएका हुन् । उनी पर्सा जिल्लको धोबनी गाउँपालिका वडा नम्बर ५ का स्थायी बासिन्दा हुन् ।
प्रतिक्रिया