वीरगन्ज–१० को वडास्तरीय क्रिकेट टुर्नामेन्टको फाइनलमा जनकपुर र बागमती भिड्ने


वीरगन्ज महानगरपालिका वडा नम्बर १० मा जारी तेस्रोे वडास्तरीय क्रिकेट टुर्नामेन्ट प्रतियोगिताको उपाधिका लागि जनकपुर र बागमती भिड्ने भएका छन् ।
ठाकुरराम बहुमुखी क्याम्पसको महिला छात्राबासको खेलमैदानमा शुक्रबार भएका दुवै सेमफिाइनल खेलमा जित हात पार्दै जनकपुर र बागमतीले उपाधि भिडन्तामा स्थान पक्का गरेका हुन् ।
शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा बागमतीले गण्डकी टिमलाई १ विकेटले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो । गण्डकीले दिएको ९० रनको लक्ष्य बागमतीले १८.३ ओभरमा ९ विकेट गुमाएर पुरा गर्यो ।
यस्तै शुक्रबार नै भएको दोश्रो खेलमा जनकपुरले लुम्बिनीलाई ७ विेटले हराउँदै उपाधि भिडन्तका लागि फाइनलमा पुगेको हो ।लुम्बिनीले दिएको १०० रनको लक्ष्य जनकपुरले १४.५ ओभरमा केवल ३ विकेट गुमाएर पुरा गर्यो ।
जनकपुर र बागमतीबीचको फाइनल खेल शनिबार बिहान ११ बजेदेखि सुरु हुने सहआयोजक घडिअर्वा स्पोटटस क्लबका अध्यक्ष सन्तोष कानुले जानकारी दिए ।

घडिअर्वा स्पोर्टस क्लबको सहयोगमा वडा नम्बर १० को वडा कार्यालयले माघ १२ गतेदेखि आयोजना गरेको प्रतियोगितामा वडा नम्बर १० का ८ वटा टिमले भाग लिएका छन्।माघ१२ गते प्रतियोगिताको उद्घाटन वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले गरेका थिए ।

प्रतिक्रिया




Top