राष्ट्रिय निजी तथा आवासीय एसाेसिएसन नेपाल (नेसनल प्याब्सन)को आठौँ राष्ट्रिय महाधिवेशन भोलि बाट वीरगन्जमा आयोजना हुँदै


सुमेस्वर साह ,
राष्ट्रिय निजी तथा आवासीय एसाेसिएसन नेपाल (नेसनल प्याब्सन)को आठौँ राष्ट्रिय महाधिवेशन यही फागुन १५ र १६ गते नेपालको आर्थिक नगरी वीरगन्जमा आयोजना हुने भएको छ । महाधिवेशनमा देशभरका १ हजार पाँच सयभन्दा बढी निजी तथा आवासीय विद्यालयका प्रतिनिधि सहभागी हुने आज पत्रकार समेलन मार्फत प्याब्सनका केन्द्रिय महासचिव पारसमणी दहालले जानकारी गराएका छन ।

महाधिवेशनले सङ्गठनको विधानसहित नयाँ नेतृत्व चयन गर्ने आठौं रास्ट्रीय महाअधिबेसन तयारी समितिका संयोजक तथा सस्थापक अध्यक्ष गिता क्षेत्री राणाले जानकारी दिए । उनले महाधिवेशनमा निजी विद्यालयसँग जोडिएका नीतिगत एवं समसामयिक विषयमा छलफल हुने बताए ।

त्यस्तै उनले ‘राष्ट्रिय शिक्षा प्रणालीलाई थप टेवा पुग्नेगरी निजी विद्यालय र सरकारबीचको सहकार्य र समन्वयलाई अझ बलियो बनाउन महाधिवेशन केन्द्रित हुनेछ बताए ।

पत्रकार समेलनमा वर्तमान संविधान र संविधानले अंगिकार गरेको संघियता अनुसारको शिक्षा ऐन आउन नसकिरहेको अवस्थामा निजी विद्यालय सञ्चालनमा ऐन र कानून प्रष्ट नहुँदा हाल देखिएको समस्याहरू विद्यालय सञ्चालनमा अफ्ठ्यारो अवस्थाको सामना गर्नु परिरहेको छ । यस्तो अफ्ठ्यारो परिस्थितिमा हुन लागेको आठौं राष्ट्रिय महाधिवेशनले प्रस्तावित विद्यालय शिक्षा ऐन तथा भविष्यमा बन्ने नियम, कानून निजी लगानीका विद्यालय मैत्री बन्न बनाउन महाधिवेशन प्रतिनिधिहरूको सुझाव महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।

अहिलेको परिस्थितिमा हुन लागेको आठौं राष्ट्रिय महाधिवेशनले प्रस्तावित विद्यालय शिक्षा ऐन तथा भविष्यमा बन्ने नियम, कानून निजी लगानीका विद्यालय मैत्री बन्न बनाउन महाधिवेशन प्रतिनिधिहरूको सुझाव महत्वपूर्ण हुने अपेक्षा समेत गरिएको छ ।

आज भएको पत्रकार समेलनमा प्याब्सनका पुर्व अध्यक्ष कर्ण जंग शाही , उपाध्यक्ष सुबोध डोगि , प्रदेश अध्यक्ष डा. नन्दन यादव , उपहासचिव कुसुम राणा भट , केन्द्रिय सदस्य इन्द्र देव साह लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया




Top