सामाजिक सञ्जाल र मिडिया काउन्सिल विधेयकविरुद्ध माइतीघरमा विरोध प्रदर्शन


काठमाडौँ । सामाजिक सञ्जाल विधेयक २०८१ र मिडिया काउन्सिल विधेयक २०८० को विरोधमा प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेश समिति ले आज माइतीघर मण्डलामा प्रदर्शन गरेको छ। बबरमहलबाट र्‍याली निकाल्दै प्रदर्शनकारीहरू माइतीघर मण्डला पुगेका थिए। राष्ट्रिय सभामा प्रस्तुत गरिएका यी विधेयकहरू प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने खालका रहेको भन्दै फिर्ता लिनुपर्ने माग गरिएको छ।

प्रदर्शनका क्रममा पत्रकार, मिडिया कर्मी, नागरिक समाजका प्रतिनिधि तथा विभिन्न पेशागत संघ–संस्थाका व्यक्तिहरू को सहभागिता रहेको थियो। उनीहरूले विधेयक प्रेस तथा आमसञ्चार क्षेत्रका लागि घातक हुने भन्दै सरकारलाई पुनर्विचार गर्न आग्रह गरे। विरोध प्रदर्शनमा सहभागीहरूले सरकारको प्रेस विरोधी नीति स्वीकार्य नहुने भन्दै स्वतन्त्र पत्रकारिता रक्षा गर्न निरन्तर संघर्ष गरिने बताएका छन्। प्रेस सेन्टर नेपाल ले आगामी दिनमा पनि विधेयक विरुद्ध थप दबाबमूलक कार्यक्रम गर्ने जनाएको छ।

 

प्रतिक्रिया




Top