विद्यार्थीहरूलाई व्यावसायिक, सीपमूलक र विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने ज्ञान प्रदान गर्ने लक्ष्य साथ वीरगञ्जमा नोबेल इन्स्टिच्युट सुरुवात भएको छ ।
संस्थाको शनिवार एक समारोहका बिच वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले उद्घाटन गरेका छन् । महानगर प्रमुख राजेशमान सिंहको उद्घाटनसँगै, यो संस्थाले आधुनिक शिक्षण प्रविधि, अनुभवी शिक्षकहरू, र अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको पाठ्यक्रम प्रदान गर्ने योजना ल्याएको छ। विशेष गरी, विदेशी भाषा, कम्प्युटर तालिम, प्लस टु, स्नातक तह (बीबीएस, बीबीए) तथा ब्रिज कोर्सजस्ता कार्यक्रमहरू समेटेर विद्यार्थीहरूलाई रोजगारमुखी बनाउन प्रयास गर्छ भने आफुले विश्वास लिएको बताए ।
संस्थाका सञ्चालक सन्दीप शाहले पारदर्शिता र नैतिकताको आधारमा उच्चस्तरीय शिक्षा दिने प्रतिबद्धता लिएको बताए । “आजको समयमा विद्यार्थीहरूलाई विभिन्न प्रलोभनमा पारेर ठग्ने प्रवृत्ति बढिरहे पनि हामीले व्यावहारिक र प्रतिस्पर्धी शिक्षा प्रणाली लागू गर्नेछौँ,” उनले भने । सञ्चालक समितिमा शाहसँगै शुभाङ्क ठाकुर, जितेन्द्र कुशवाहा र सुरज पटेल रहेका छन् ।
नोबेल इन्स्टिच्युटले अङ्ग्रेजी भाषा प्रशिक्षण, कम्प्युटर कोर्स, कक्षा ९ र १०, प्लस टु, स्नातक तह (बीबीएस, बीबीए), ब्रिज कोर्स र अन्य भाषा शिक्षालाई आफ्नो पाठ्यक्रममा समेटेको छ । आधुनिक प्रविधिको प्रयोग गर्दै विद्यार्थीहरूलाई समयसापेक्ष र व्यावहारिक शिक्षा प्रदान गर्ने यो संस्थाको योजना छ । स्थानीय विद्यार्थीहरूलाई प्राथमिकता दिँदै छात्रवृत्तिको अवसर पनि उपलब्ध गराउने तयारी भइरहेको छ ।
वीरगञ्जको शैक्षिक परिदृश्यमा नयाँ आशा बोकेर आएको नोबेल इन्स्टिच्युटले गुणस्तरीय शिक्षाको अभावलाई कम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया