बलात्कार आरोपमा प्रहरी जवान पक्राउ


वीरगञ्ज । सिराहामा बलात्कारको गम्भीर आरोपमा एक प्रहरी जवान पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय लहानको मुद्दा शाखामा कार्यरत प्रहरी जवान नवीन यादवलाई पीडित महिलाले दुई वर्षदेखि विवाहको प्रलोभन देखाएर पटक-पटक बलात्कार गरेको उजुरी दिएपछि हिरासतमा लिइएको हो ।

घटनाले प्रहरी प्रशासनमाथि नै प्रश्न उठाएको छ । पीडित महिलाले इलाका प्रहरी कार्यालय लहानमा पटक-पटक जाहेरी दर्ता गराउन खोज्दा पनि सुनुवाइ नभएको गुनासो गरेकी छन् ।

उनले इलाका प्रहरी कार्यालयका प्रमुख, डिएसपी विष्णु सोतीलाई जानकारी गराउँदा समेत कुनै कारबाही नभएको आरोप लगाएकी छन् । यद्यपि, डिएसपी सोतीले आफूकहाँ कुनै पनि महिला उजुरी लिएर नआएको भन्दै आरोपको खण्डन गरेका छन् ।

न्यायको खोजीमा पीडित महिला अन्ततः जिल्ला प्रहरी कार्यालय सिराहा पुगिन्, जहाँ उनको उजुरी दर्ता भयो ।

प्रतिक्रिया




Top