बाग्मतिलाई हराउँदै नेपाल पुलिस क्लब सेमिफाईनलमा


वीरगन्ज / दोस्रो वीरगन्ज गोल्डकप फुटबल प्रतियोगीताको तेस्रो खेलमा बाग्मति फुटबल क्लब सर्लाहीलाई हराउँदै नेपाल पुलिस क्लब सेमिफाईनलमा प्रवेश गरेको छ ।

आर्दशनगर रंगशालामा जारी खेलमा नेपाल पुलिस क्लबले २–१ गोल अन्तरले बाग्मति फुटबल क्लब सर्लाहीलाई हराउँदै सेमिफाईनलमा प्रवेश गरेको हो ।

सुरु देखि दुबै टिम बिच प्रतिस्पर्धा देखिएको खेलमा पुलिस क्लबले बाग्मतिको पोष्टमा निरन्तर बल प्रहार गरीरह्यो ।प्लिसले खेलको १६ औ मिनेटमा आफ्नो पहिलो गोल गरेर अग्रता बनाएको थियो । पुलिसका लागी मनिष सेढाईले पहिलो गोल गरे ।

पुलिसले पहिलो गोल गरेको १० मिनेट पछि खेलको २६ औ मिनेटमा बाग्मतिले पनि आफ्नो पहिलो गोल गर्दै खेललाई बराबरमिा पुर्याएको थियो ।

त्यसपछि निरन्तर दुबै टिमको खेलाडीमा रोमान्चक प्रतिस्पर्धा हुन थालेको थियो । पहिलो हाफ सम्ममा एक एक गोलको बराबरीमा दुबै टिमले खेलेका थिए ।

खेलमा आफ्नो पहिलो जितको खोजीमा रहेका दुबै टिमले झन आक्रमक भएर खेल्न थालेका थिए । तर दोस्रो हाफको आधा समय बितिसक्दा बाग्मति बिरुद्ध पुलिस आफ्नो दोस्रो गोल गर्यो ।

खेलको ७७ औ मिनेटमा पुलिसका खेलाडी उज्जवल राईले गोल गरेका थिए । उनले नै गरेको गोल अन्तत निर्णायक साबित भयो । खेलमा म्यान आफ दि म्याच नेपाल पुलिस क्लबका कप्तान रामचन्द्र वाजी भएका थिए । उनले नगद १० हजार सहित शिल्ड पनि प्राप्त गरेका थिए ।

मंगलबारको खेलमा मच्छिन्द्र फुटबल क्लब र एपिआई चर्च ब्वाइज युनाइटेड काठमाडौंले प्रतिस्पर्धा गर्नेछन ।

प्रतिक्रिया




Top