मैत्रीपुर्ण खेलमा भेट्रान सिटि क्लब संग पत्रकारहरु पराजित


वीरगन्ज,२३ फागुन / शनिबार हुने दोस्रो वीरगन्ज गोल्डकप फुटबल प्रतियोगीताको फाईनल खेलको पुर्वसन्ध्यामा आयोजक भेट्रान सिटि क्लब वीरगन्ज र पर्साका पत्रकारहरु बिच मैत्रिपुर्ण खेल सम्पन्न भएको छ ।
आर्दशनगर खेल मैदानमा भएको मैत्रीपुर्ण खेलमा आयोजक भेट्रान सिटि क्लबले ६–० गोलअन्तरले पर्साका पत्रकारहरुलाई पराजित गरेको हो ।
खेलमा सुरु देखि कमजोर देखिएको पत्रकारहरुको टोली खेलको पहिलो हाफ सम्ममा २ गोलले पछि परेको थियो । नियमित रुपमा अभ्यासरत आयोजक भेट्रान सिटि क्लबका खेलाडीहरु पत्रकारहरु माथी लगातार हाबि देखिएका थिए ।
३० मिनेटको खेलमा भेट्रान सिटि क्लबका खेलाडीहरु दोस्रो हाफमा पत्रकारहरुमा थप ४ गोल गरेका थिए ।
खेलमा भेट्रान सिटि क्लबका खेलाडी सागर समशेर जबरा एक्लै तीन गोल गरेका थिए । यस्तै सुबोध श्रीवास्तव, रोसन कलवार र अलिअसगर हवारीले थप एक –एक गोल गरेका हुन ।
खेलमा पत्रकारहरुको कप्तानी नेपाल खेलकुद पत्रकार मन्च पर्साका अध्यक्ष तिवारी यादवले गरेका थिए । भने भेट्रान सिटि क्लबको कप्तानको भुमिका क्लबका उपाध्यक्ष सागर समशेर जबराले निभाएका थिए । खेलमा रेफ्रीको भुमिका पत्रकार पंकज श्रेष्ठले निर्वाह गरेका थिए ।

प्रतिक्रिया




Top