सेस्मी इन्टरनेसनल स्कूल वीरगंज द्वारा विज्ञान प्रदर्शनी एवं खाना महोत्सव कार्यक्रम सफलतापूर्वक सम्पन्न


सुमेश्वर साह,
वीरगन्जमा नाम चलेको सेस्मी इन्टरनेसनल स्कूलले फाल्गुन २४ गते वीरगंजमा विज्ञान प्रदर्शनी एवं खाना महोत्सव कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। यस कार्यक्रममा कक्षा ४ देखि ८ सम्मका विद्यार्थीहरूले भाग लिएका थिए।

कार्यक्रमका मुख्य आकर्षणहरू विज्ञान प्रदर्शनी रहेको थियो ।विद्यार्थीहरूले विभिन्न वैज्ञानिक मोडेलहरू प्रदर्शन गरेका थिए । जसमा नवीन आविष्कार र वैज्ञानिक प्रयोगहरू समेटिएका थिए।

त्यस्तै खाना महोत्सव समेतको आयोजना गरिएको थियो । महोत्सवमा विभिन्न परिकारहरू प्रस्तुत गरियो, जसले विद्यार्थीहरूलाई पोषण तथा खानाको विविधता बुझ्न मद्दत गर्‍यो। खाजा महोत्सवमा विद्यार्थीहरूले आफ्ना अभिभावकहरूका लागि तराई मधेशको परम्परागत खानपान जस्तै माछा, पिठा, चनाभुजा, सलाद , खाजा, पुरी, चटनी लगायतका व्यंजनहरू बनाएर प्रदर्शन गरेका थिए। यसले विद्यार्थीहरूको पाककला क्षमता र सांस्कृतिक ज्ञानलाई पनि उजागर गरेका थिए ।

विद्यार्थीको सक्रिय सहभागितामा उनीहरूले आफ्ना प्रस्तुतिहरू तथा आविष्कारबारे जानकारी दिँदै प्रस्तुति दिएका थिए विद्यार्थीहरूले आफ्ना परियोजनाको वैज्ञानिक सिद्धान्तहरू बुझाउँदै उपस्थित अभिभावक, शिक्षक तथा अतिथिहरूसँग अन्तर्क्रिया गरेका थिए। विद्यालयले यस्ता कार्यक्रमले विद्यार्थीहरूको प्रयोगात्मक ज्ञान, सिर्जनात्मक सोच र आत्मविश्वास अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेको छ।

कार्यक्रममा अभिभावक, शिक्षक तथा स्थानीय व्यक्तिहरूको उल्लेखनीय सहभागिता रह्यो। यस प्रकारका क्रियाकलापहरूले विद्यार्थीहरूको सिर्जनात्मकता र प्रयोगात्मक शिक्षामा टेवा पुर्‍याउने विद्यालय प्रशासनले जनाएको छ।

 

प्रतिक्रिया




Top