एन प्याब्सन पर्सा द्वारा जुनियर क्रिकेट प्रतियोगिता २०८१ शुरु


सुमेश्वर साह
राष्ट्रीय निजी तथा आवासिय विद्यालय एशोसिएसन नेपाल पर्सा द्वारा आज बाट जुनियर क्रिकेट प्रतियोगिता २०८१ शुरु भएको छ । राष्ट्रीय निजी तथा आवासिय विद्यालय एशोसिएसन नेपाल पर्साका अध्यक्ष राम श्रेष्ठको अध्यक्षतामा आज भएको खेलको उद्वघाटन कार्यक्रममा प्रमुख अतिथिका रुपमा मधेस प्रदेशका पूर्व भौतिक पूर्वाधार तथा विकास मन्त्री तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेता जितेन्द्र सोनल रहेका थिए ।

उद्वघाटन कार्यक्रममा बोल्दै पुर्व मन्त्री सोनलले आज बाट शुरु भएको यो क्रिकेट प्रतियोगिता खेल मैदान सम्ममा मात्र सिमित नभइ रास्ट्र र समाज निर्माणमा पनि महत्त्वपूर्ण भुमिका खेल्ने बताए । अहिले खेलको सम्भावना खास गरेर मधेस प्रदेशमा बसोबास गर्ने जनसमुदायमा बढी रहेको तथा खेल क्षेत्र मार्फत कम लगानीमा बढी उपलब्धि हासिल गर्न सकिने उनले बताए । वीरगन्जका आसिफ र आरिफ अन्सारी दाजु भाइ , कलैयाका अनिल साह र पुजा महतो जस्ता खेलाडीहरु मधेस प्रदेश बाट खेलेर धेरै उपलब्धि हासिल गरेको बताए । उनले तिनै तहका सरकार ले खेलमा विशेष ध्यान दिन जरुरी रहेको बताए ।

कार्यक्रमका विशिष्ट अतिथी रहेका एन प्याब्सनका केन्द्रीय उपाध्यक्ष डा. नन्दन यादवले खेल जगतले खेलाडी लाई अनुशासित बनाउने गरेको बताए । एन प्याब्सन पर्साले आयोजना गरेको यस जुनियर क्रिकेट प्रतियोगिता बाट सानै उमेरमा खेलाडीहरुको मनोबल बढ्नुका खेल प्रति रुचि बढ्ने उनले बताए ।

पर्सा क्रिकेट संघका सचिव घनश्याम बाबू गुप्ताले आफुहरु पर्सा क्रिकेट संघको कार्य समितिमा चयन भए देखि पर्सा जिल्ला क्रिकेटको विकासको लागि निरन्तर काम गर्दै आएको बताए । सबैको प्रयासले नारायणी रंगशालाको क्रिकेट ग्राउन्ड बने देखि निरन्तर क्रिकेट प्रतियोगिता हुँदै आएको र यहाको खेलको माहोल नै परिवर्तन भएको बताए ।

प्रतियोगिताको उदघाटन समारोहमा प्रदर्शन गरिएको मार्च पासमा सहभागी भएको बिधालयहरु मा आइडल एकडमी मा.बि प्रथम भएको थियो भने एन्जल मा.बि द्वितीय भएको थियो त्यस्तै माउन्ट हार्मोन मा.बि तृतीय भएको थिए । प्रथम , द्वितीय तथा तृतीय भएका बिधालयहरु लाई ट्रफी पुर्व मन्त्री सोनल ले प्रदान गरेका थिए ।

१६ जना बिधालय समलित यस प्रतियोगिता ५ दिन सम्म चल्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया




Top