Birgunj Today
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य
    • सुरक्षा/अपराध

स्ववियु निर्वाचनमा दुई क्याम्पसमा अखिल (क्रान्तिकारी) विजयी


 

वीरगञ्ज । चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको चुनावको मंगलबार उम्मेदवार दर्ता प्रकृया चलिरहँदा दुईवटा क्याम्पसमा भने सर्वसम्मत नेतृत्व चयन भएको छ । दुवै क्याम्पसमा अखिल क्रान्तिकारीका सभापति विजयी भएका छन् । सिन्धुपाल्चोकको जुगल बहुमुखी क्याम्पसमा अनेरास्ववियू क्रान्तिकारीले खाता खोलेको छ। स्ववियू सभापतिमा क्रान्तिकारीकी सुस्मिता श्रेष्ठ सर्वसम्मत निर्वाचित भएको जुगल क्याम्पस प्रमुख पदमप्रसाद पराजुलीले जानकारी दिनुभयो । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ, नेकपा एमाले निकट अखिलले अध्यक्षमा उम्मेदवारी नदिने सहमति गरेपछि श्रेष्ठ निर्वाचित भएकी हुन्।

जसअनुसार उपसभापतिमा क्रान्तिकारीकै ललिता कुमाल, सचिवमा एमाले निकट अनेरास्ववियुकी मनिषा गिरी, सहसचिवमा कांग्रेस निकट नेविसंघकी निशा गिरी, कोषाध्यक्षमा पनि नेविसंघकै कञ्चन विक सर्वसम्मत भएको उहाँले बताउनुभयो । यस्तै, ४ जना सदस्य क्रान्तिकारीले लिएको छ भने नेविसंघ र अनेरास्ववियुले १/१ जना भागवण्डा गरेका छन् । स्ववियु चुनावका लागि जुगल बहुमुखी क्याम्पसमा कांग्रेस, एमाले र माओवादीका तीन संगठनले दल दर्ता गराएका थिए । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका ६२ आंगिक र एकहजार ४ क्याम्पसमा स्ववियूको २ वर्षे कार्यकालका लागि चैत ५ गते चुनाव हुँदैछ ।

 

यस्तै रुकुम पश्चिमको शितल क्याम्पस चौरजहारीमा स्वतन्त्र विद्यार्थी यूनियनमा सहमतिमा कार्यसमिति चयन भएका छन् । अध्यक्षमा अखिल क्रान्तिकारीका प्रकाश डाङ्गी, नेविसंघबाट उपाध्यक्षमा मदन बि.क, सचीव आरेम्बर सिंह अनेरास्ववियु, कोषाध्यक्ष स्तुति आचार्य नेविसंघ र सह सचीव सुजाता सुनार अनेरास्ववियुबाट सर्वसम्मत चयन भएका छन् ।


प्रतिक्रिया




  • ताजा समाचार
  • वीरगन्जको होटलमा बुवा-छोरा मृत फेला

  • स्थानीय यूवाहरु बिचको मारपिट बाराको बलिरामपुरमा २ जना गम्भीर घाईते

  • लोकतन्त्र आएपनि अपाङ्गहरूको अवस्था दैनिय : उपाध्यक्ष पासवान

  • वीरगञ्ज बसपार्क चौकीका सहायक निरीक्षकमाथि घुस असुली, धम्की र अनैतिक गतिविधि संरक्षणको आरोप

  • घडिअर्वामा छठ पूजा समिति नयाँ नेतृत्वसहित पुनर्गठन

  • नेशनल मेडिकल कलेजमा विद्यार्थी–शिक्षकको सहभागितामा च्यारिटेबल फेस्ट भव्यतापूर्वक सम्पन्न

सम्बन्धित समाचार

वीरगन्जको होटलमा बुवा-छोरा मृत फेला

स्थानीय यूवाहरु बिचको मारपिट बाराको बलिरामपुरमा २ जना गम्भीर घाईते

लोकतन्त्र आएपनि अपाङ्गहरूको अवस्था दैनिय : उपाध्यक्ष पासवान

वीरगञ्ज बसपार्क चौकीका सहायक निरीक्षकमाथि घुस असुली, धम्की र अनैतिक गतिविधि संरक्षणको आरोप


 

सुचना विभाग दर्ता न: ४४३२-२०८०/२०८१

बीरगंज टुडे अनलाइन डटकम
ठेगाना : बिरगंज -१०,   (मधेश प्रदेश)
फोन नं.: +९७७-९८५५०१३३४३,
इमेल : [email protected]

हाम्रो टीम

संचालक :  आनन्द प्रसाद कानु                                                          सम्पर्क नं: +९७७-९८१४२५४७९९
प्र-सम्पादक :     सुमेश्वर साह                                           सम्पर्क नं: +९७७-९८४५२५७८८८

Pages

  • डेंगु, मलेरिया , कालाजार, जिका, नियन्त्रण बारे वीरगन्जमा अभिमुखिकरणको आयोजना

© 2025 | Birgunj Today | All Rights Reserved | Privacy Policy

Powered By: Pro-Tech

Top