सुमेश्वर साह, वीरगन्ज
ठाकुर राम बहुमुखी क्याम्पसमा १४ वर्षपछि आगामी चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुन लागेको छ। यसै सन्दर्भमा, जय नेपाल विद्यार्थी संघका तर्फबाट सभापतिका उम्मेदवार राजु गुप्ताले आफ्नो प्यानलसहित मनोनयन दर्ता गरेका छन्। उम्मेदवारी दर्ताका क्रममा ठूलो संख्यामा विद्यार्थीहरूको उपस्थिति र समर्थन देखिएको छ, जसले गुप्ताको पक्षमा जनलहर बढ्दै गएको संकेत गर्दछ।
राजु गुप्ताको उम्मेदवारी र उनको पक्षमा देखिएको जनलहरले आगामी स्ववियु निर्वाचनमा जय नेपाल विद्यार्थी संघको सम्भावनालाई थप बलियो बनाएको छ। यसले क्याम्पसको शैक्षिक वातावरणमा सकारात्मक परिवर्तन र विद्यार्थीहरूको हकअधिकारको संरक्षणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
विद्यार्थीहरुको समस्यालाई लिएर दिनरात कलेज चहार्ने राजु गुप्ता लाइ विद्यार्थीहरुले प्राथमिकतमा राखेका छन् । ठाकुर राम बहुमुखी क्याम्पसमा विभिन्न राजनीतिक पार्टीबाट चुनाव लडने विद्यार्थी नेताहरु भएपनि राजु गुप्ता एक इमोशनको रुपमा उभिएका छन् । उनलाई पार्टीभन्दा पनि व्यक्तिगत रुपमा विद्यार्थीहरुको चहेता उम्मेदवारको रुपमा स्थापित हुन भएका छन् ।
ठाकुर राम बहुमुखी क्याम्पसमा पढने विद्यार्थीहरु पनि जातपातको राजनीतिमा सक्रिय रहेको बेला राजु गुप्ता जातपातभन्दा पनि व्यक्तिगत विचारको रुपमा उभिएका छन् । ५ गते हुने चुनावमा राजु गुप्ता अन्य उम्मेदवारभन्दा अब्बल एकल उम्मेदवार देखिएका छन् ।
जय नेपाल विधार्थि संघ बाट सभापातीममा राजु गुप्ता,सचिवमा रन्जन यादव,काेषाध्यक्षमा रिन्कु कुमारी सदस्यहरुमा जय नेपाल चाैरसिया अहमद अंसारी,सलाेनी कुमारी यादव,शनि कुमार पटेल,दिपक कुमार साह,मेगराज न्याैपाने,महेश प्रसाद चाैहान ,सराेज कुमार यादवको उम्मेदवारी रहेको छ।
समानुपातिक तर्फ सदस्यहरुमा कुन्दन कुमार माली, राहुल साह गुप्ता,समीर अंसारी,मुना कुमार खुलवट,रंजीत यादव,साेनु कुमार साह,सन्नी कुमार गुप्ता,ओमबाबु सरा्फ,राज मंगल तिवारी, अनिस अहमद गदीको उम्मेदवारी रहेको ।
अहिले स्ववियु निर्वाचनका लागि क्याम्पसमा ३५ वटा संगठन र समूहले दर्ता गराएका छन्, जसमा राजनीतिक दलका विद्यार्थी संगठनहरूका साथै स्वतन्त्र समूहहरू पनि समावेश छन्।
यस पटकको निर्वाचनमा मिश्रित निर्वाचन प्रणाली अपनाइनेछ, जहाँ सभापति, सचिव, कोषाध्यक्षसहित ११ पदमा प्रत्यक्ष निर्वाचन हुनेछ भने उपसभापति, सहसचिव र ८ सदस्यहरू समानुपातिक प्रणालीबाट चयन गरिनेछन्।
प्रतिक्रिया