देश डरलाग्दो अनिश्चत भविष्यतिर अगाडी बढी रहेको नेकपा संयुक्तको ठहर


सुमेश्वर साह,
नेपाल कम्युनिष्ट पार्टी संयुक्तको केन्द्रीय कार्यसमिति बैठक यहि फाल्गुन २१,२२ र २३ गते बसि देशको समसामयिक राजनीतिक अवस्था, सांगठनिक सुदृढीकरण, आर्थिक नीति, भ्रष्टाचार, संघीयता, मानव अधिकार, जलवायु परिवर्तन, र अन्य महत्त्वपूर्ण विषयहरूमा आफ्नो धारणा व्यक्त गरेको छ।

बैठकले देशको वर्तमान राजनीति विगत भन्दा मन बढी अराजक तथा अस्थिरताको चरणमा रहेको तथा देश डरलाग्दो अनिश्चत भविष्यतिर अगाडी बढीरहेको ठहर गरेको छ।राजनीतिक स्थिरता, भ्रष्टाचार उन्मूलन एवं सुशासन जस्ता आडम्बरी नारा लिएर दिनदिनै फेरिने अनैतिक सत्ता गठबन्धन सत्ता र शक्तिको लुछाचुडीमा केन्द्रीत रहेको केन्द्रीय समिति बैठकको निकर्ष रहेको छ ।

अहिले जनताले भोगीरहेका महंगी, भ्रष्टाचार, बेरोजगारी, नागरिक असुरक्षा, जस्ता समस्याहरू र देशमा व्याप्त हत्याहिंसा तथा बलात्कार लगायतका जघन्य आपराधिक घटनाहरूको बुद्धिबाट यी सरकार सत्ता संचालनमा असक्षम रहेको स्पष्ट पारेको छ।

 

नेकपा संयुक्तले सरकारले दुर्भाग्यपुर्ण परिस्थितिको फाईदा उठाएर पुनर्उचानवादी शक्तिहरु जनतालाई दिगभ्रमित पार्दै शहिदहरुको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था माथि प्रहार गर्ने सुर्वण अवसरको रुपमा लिइरहेका आरोप लगाएको छ । देशको बर्तमान अवस्था प्रति आम जनमानसमा निराशा तथा आक्रोशलाई मध्यनजर गर्दै पार्टीले आगमि दिनहरुमा आफ्ना गतिविधिहरुलाई सशक्त ढंगले अगाडी बढाउने निधो गरेको छ।

पार्टीले सांगठनिक गतिविधिलाई तीव्रता दिने ठोस नीत लिएको तथा चैत्र वैशाखको दुई महिने अवधिमा सांगठनिक सुदृढिकरण अभियान अन्तर्गत संगठन विभागका प्रमुखको निर्देशन तथा अनुगमनामा पोलिटब्यूरो, केन्द्रीय कार्यसमिति सदस्यहरु जिल्ला प्रदेश तथा निर्वाचन क्षेत्र अन्तर्गत सदस्यता नविकरण, नयाँ सदस्यहरुको वितरण, विभिन्न कार्यकर्ता भेला र प्रशिक्षण संचलान गर्ने निर्णय केन्द्रीय समितिको बैठकले अनुमोदन गरेको नेकपा संयुक्तका महासचिव केदार चन्द शर्माले जानकारी गराएका छन ।

केन्द्रीय कार्यसमितिको बैठकले राष्ट्रिय र अन्तराष्ट्रिय मागहरु पारित गरेको छ जस अन्तर्गत देशमा व्याप्त महंगी नियन्त्रण गर्न कालीबजार ऐन पुनः लागू गर्न माग गरेको छ । सरकार र सरकारी आयोगहरु माफियातन्त्रका नाइके दलाल पूँजिपति, कमिशन वीर, विचौलियाहरुको चंगुलबाट मुक्त हुन सकिरहेको छैन न त सत्ताको ध्यान त्यसतर्फ रहेको छ। यसले आम जनमानसमा व्यापक निराशा र आक्रोश छाएको छ। देशको यो । आजको अवस्थालाई समाप्त गरी देशलाई नयाँ दिशा प्रदान गर्न सशक्त जनआन्दोलन खडा गर्न बाहेक अर्को विकल्प नरहेको केन्द्रीय कार्यसमितिको बैठकले ठहर गरेको छ ।

त्यस्तै कुलमान घिसिंग जस्तो योग्य कर्मचारी र कामपा प्रमुख बालन साह जस्तो सृजनशील युवा प्रति सरकार, प्रधानमन्त्री एवं मन्त्रीहरुको व्यवहार प्रति यो बैठक खेद प्रकट गर्दछ। साथै स्काउटको जग्गा हडप्न खोज्ने भ्रष्ट मन्त्री दिपक खड्कालाई वर्खास्त गर्नुपर्ने माग समेत गरेको छ ।

त्यस्तै केन्द्रिय समितिको बैठकले पार्टी अध्यक्ष का चन्द्रदेव जोशीले पेश गर्नुभएको राजनीतिक प्रस्ताव एवं महासचिव का केदारचन्द्र शमाले पेश गर्नुभएको सांगठनिक प्रस्ताव सर्वसम्मतले पारित गरेको छ ।

 

 

 

प्रतिक्रिया




Top