काठमाडौंको टोखा नगरपालिका–१ झोर क्षेत्रमा प्रहरीले ट्रकबाट ठूलो परिमाणमा रकम बरामद गरेको छ। ना १ ख १६५२ नम्बरको ट्रकबाट नेपाली रुपैयाँ, अमेरिकी डलर र युरो गरी करिब २५ करोड रुपैयाँ बराबरको रकम फेला परेको हो। यस घटनामा सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–१ का ४३ वर्षीय ट्रक चालक कुसाङ लामा पक्राउ परेका छन्।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, लामा उक्त रकम ओसारपसारका लागि भरियाको रूपमा प्रयोग गरिएको देखिएको छ। प्रहरीले स्रोत नखुलेको उक्त रकमसहित आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रतिक्रिया