सुमेस्वर साह ,
बिरगंज, पर्सा —बिरगंज महानगरपालिकाले सरसफाइका लागि सिरिसिया नदीमा सञ्चालन गरेको सफाइ अभियान अपेक्षित रूपमा सफल नहुनुका कारण मधेस प्रदेश का मुख्यमन्त्रीले शुक्रबार नदी क्षेत्रको स्थलगत अनुगमन गरेका छन्।
सिरिसिया नदी, जुन ऐतिहासिक र पर्यावरणीय दृष्टिले निकै महत्वपूर्ण मानिन्छ, उद्योगहरुको प्लास्टिकजन्य वस्तुहरू र औद्योगिक फोहरका कारण अत्यन्त प्रदूषित हुँदै आएको छ। यसलाई सफा गर्न महानगरपालिकाले विशेष अभियान थालेको थियो। यद्यपि, अभियान प्रभावकारी नबनेपछि सर्वसाधारणबाट व्यापक असन्तुष्टि व्यक्त हुदै आएको छ।
मुख्यमन्त्रीले अनुगमनका क्रममा सरोकारवाला निकायहरूलाई थप जिम्मेवारीपूर्वक काम गर्न निर्देशन दिएका छन्। प्रदूषणको चपेटामा परेको ऐतिहासिक सिर्सिया नदीको सफाइ कार्य वीरगन्ज महानगरपालिकाबाट सुरु गर्नुपर्ने स्पष्ट धारणा व्यक्त गरेका छन्।
साथै, दीर्घकालीन समाधानका लागि वैज्ञानिक योजना, जनसहभागिता र निगरानी संयन्त्र आवश्यक रहेको बताएका छन्।”नदी हाम्रो सम्पत्ति हो। यसको संरक्षणमा सबैको भूमिका अनिवार्य छ,” मुख्यमन्त्रीले पत्रकारहरूसँग कुरा गर्दै भने, “अब शब्द होइन, परिणाम चाहिन्छ।”
स्थानीय बासिन्दाहरूले सफाइको नाममा देखावटी कार्यक्रमभन्दा परिणाममुखी काम गर्न सरकारलाई आग्रह गरेका छन्।
प्रतिक्रिया