पवन प्रसाद साह
वीरगंज। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रिय कार्य समिती का सदस्य युवा नेता तथा पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्वर ३ का पुर्व प्रतिनिधि सभाको उमेद्वार अंगद ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा जनताको भलो नभएको भन्दै प्रजातन्त्र र राष्ट्रियता सुढृद तुल्याउन दलभन्दा माथि रहने राजसंस्था र सनातन हिन्दुराष्ट्र कायम गर्नु पर्ने बताएका छन् ।
नव वर्ष २०८२ को अवसरमा शुभकामना सन्देश दिदै ठाकुरले भने, गिर्दो अर्थतन्त्र, नैतिक ह्रास र अस्थिरताबीच हामी नव वर्ष २०८२ मा प्रवेश गर्दैछौं । अब के हुन्छ भन्नेमा अन्योल कायम नै छ ।’
राजसंस्थाको अभिभावकीय भूमिकामा जोड दिँदै ठाकुरले भने, ‘दलीय प्रतिनिधिबाट राष्ट्रप्रमुखको निष्पक्ष भूमिका निर्वाह हुन्न भन्ने यथार्थ अवस्था अनुभवबाटै स्थापित भएको छ । त्यसैले प्रजातन्त्र, राष्ट्रियता सुढृद तुल्याउन, दलभन्दा माथि रहने उही पुरानो संस्था, राजसंस्थालाई निष्पक्ष राष्ट्रप्रमुख कायम गर्नु पर्छ भन्ने हाम्रो विश्वास हो । सनातन सापेक्ष हिन्दुराष्ट्र कायम गर्नु पर्छ भन्ने हाम्रो मान्यता हो ।’
सुचना प्रविधिको वर्तमान परिवेशमा स्वार्थको चलखेल नै हुँदैन भन्न सकिन्न, सन्देशमा ठाकुरले भने । ‘यद्यपि विभिन्न स्वार्थका अतिरिक्त राष्ट्रवादी शक्ति अघि बढ्ने हो, राष्ट्रवादी शक्तिले नै आफ्नो विचार कायम गराउने हो । परिवर्तन अन्तत्वगत्वाः नेपाली तत्वबाटै प्राप्त हुने हो ।
उनले भने, ‘यही मनोकामनासहित आगामी दिनमा राष्ट्रिय स्वार्थ, राष्ट्र हित कायम हुन्छ भन्ने विश्वास राखौं । नयाँ वर्ष २०८२ को पुनित अवसरमा समस्त नेपाली दाजुभाई तथा दिदीबहिनीलाई सफलता हार्दिक शुभकामना ।
प्रतिक्रिया