वीरगन्ज महानगरपालिका १० नं. वडामा बृहत् रक्तदान कार्यक्रम हुँदै


वीरगञ्ज, वैशाख ८ — वीरगञ्ज महानगरपालिका वडा नं. १० को आयोजनामा आउँदो २०८२ साल वैशाख ११ गते, बिहीबार एक बृहत् रक्तदान कार्यक्रम आयोजना हुने भएको छ।

वडा कार्यालय परिसर, आदर्शनगरमा बिहान ७ बजेदेखि सुरु हुने यस कार्यक्रममा घडिअर्वा स्पोर्ट्स क्लब, भेट्रान्स सिटी क्लब, मनिला फाउण्डेशन र आस्था नेपाल, वीरगञ्ज को सक्रिय समन्वय रहनेछ।

कार्यक्रमको उद्देश्य रक्त अभावका कारण कसैको ज्यान नजाओस् भन्ने मानवीय भावना हो। वडा अध्यक्ष सुसिल कुमार कानुका अनुसार, यस्तो सामाजिक उत्तरदायित्व वहन गर्न सबै नगरवासी तथा वडावासीहरूलाई रक्तदानमार्फत सहभागी भइदिन हार्दिक अनुरोध गरिएको छ।

वडा कार्यालयले जारी गरेको सूचनामा सबैलाई समयमै उपस्थित भई कार्यक्रममा योगदान दिन आह्वान गरिएको छ। कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको र सहभागीहरूका लागि आवश्यक व्यवस्थाहरू मिलाइएको घडिअर्वा स्पोर्ट्स क्लबका अध्यक्ष सन्तोष साह ले जनाएका छन्।

 

 

प्रतिक्रिया




Top