सुमेस्वर साह,
वीरगञ्ज–१७, पर्सास्थित श्री द्वारदेवी माध्यमिक विद्यालय, अलौंले नयाँ शैक्षिक सत्र २०८२ का लागि भर्ना खुलाएको छ। “सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिका सुनिश्चितता” भन्ने मूल नाराका साथ विद्यालयले ‘निःशुल्क भर्ना अभियान’ सञ्चालनमा ल्याएको हो।
विद्यालयले बाल विकासदेखि कक्षा ९ सम्मका विद्यार्थीलाई निःशुल्क भर्ना लिन आह्वान गरेको छ। साथै, अभिभावकहरूलाई आफ्ना छोराछोरीको भविष्यको सुनिश्चितता गर्न विद्यालयसँग सम्पर्क गर्न पनि अनुरोध गरिएको छ।
विद्यालय परिवारले भर्ना अभियानको सन्देश फैलाउन र्यालीसहितको कार्यक्रम आयोजना गरेको थियो, जसमा विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानिय बासिन्दाहरूको सक्रिय सहभागिता देखिएको थियो।
विद्यालयका प्रधानाध्यापक दयाकान्त झाका अनुसार, यस अभियानको उद्देश्य समुदायका सबै बालबालिकालाई विद्यालयमा ल्याउनु र शिक्षाको पहुँच सुनिश्चित गर्नु रहेको बताए।
प्रतिक्रिया