प्रिशाको जन्मदिनमा आशा किरण केन्द्रमा विशेष भोजन कार्यक्रम


प्रेम, करुणा र सेवाको भावनाले भरिएको एउटा मनछुने उदाहरण प्रस्तुत गर्दै मिस अन्जली शाह तथा उनको परिवारले आफ्नी प्रिय छोरी प्रिशाको जन्मदिनको विशेष अवसरमा वीरगन्जस्थित आशा किरण केन्द्रका बालबालिकालाई स्वादिष्ट भोजन खुवाएका छन्।

जन्मदिनको अवसरलाई केवल व्यक्तिगत उत्सवमा सीमित नराखी समाजप्रतिको उत्तरदायित्वको भावले मिस शाह परिवारले यस्तो मानवता र प्रेरणादायी कार्य गरे। केन्द्रमा रहेका विशेष आवश्यकता भएका बालबालिकाहरूका लागि यो अवसर एउटा यादगार र खुसीको दिन बन्यो। खानामा विभिन्न परिकारहरू परेका थिए जसले बच्चाहरूको अनुहारमा उल्लास र सन्तोषको झल्को देखिन्थ्यो।

कार्यक्रमको क्रममा मिस अन्जली शाहले भनिन्, “प्रिशाको जन्मदिनको खुसी हामीले ती बच्चाहरू सँग साट्न चाह्यौं जसलाई मायाको विशेष आवश्यकता छ। बालबालिकाको हाँसो नै सबैभन्दा ठूलो आशिर्वाद हो।”

केन्द्रका कर्मचारीहरू र अभिभावकहरूले समेत शाह परिवारको यो कदमको खुलेर प्रशंसा गरे। उनीहरूले यस्तो कार्यले समाजमा सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरे।


प्रतिक्रिया




Top