रास्वपाको बहुदरामा प्रथम वार्ड भेला सम्पन्न, राज कुमार साहको नेतृत्वमा ११ सदस्यीय समिति गठन


पर्सा — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा जिल्लाको बहुदरा नगरपालिका–३, नगरदाहामा प्रथम वार्ड भेला भव्य रूपमा सम्पन्न भएको छ। स्थानीय स्तरमा पार्टीको सांगठनिक संरचना विस्तार गर्ने उद्देश्यका साथ आयोजित भेलामा उल्लेख्य संख्यामा स्थानीय युवा, बुद्धिजीवी तथा नागरिकहरूको उपस्थिति देखिएको थियो।

भेलाले सर्वसम्मत निर्णयमार्फत राज कुमार साहको नेतृत्वमा ११ सदस्यीय वार्ड समिति गठन गरेको छ। उक्त समितिमा स्थानीय जनप्रतिनिधित्व, युवा र महिला सहभागितालाई विशेष प्राथमिकता दिइएको छ।

भेलामा बहुदराका युवाहरूले नयाँ ऊर्जा र उत्साहका साथ राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्। उनीहरूमा देशको राजनीतिमा नयाँ सोच र परिवर्तन ल्याउने अठोट झल्किएको थियो।

कार्यक्रममा बोल्दै पार्टीका स्थानीय नेताहरूले भ्रष्ट्राचारविरुद्धको लडाइँ, शिक्षा, स्वास्थ्य र रोजगारका सवालमा पार्टीको स्पष्ट दृष्टिकोण रहेको बताए। साथै, भेला सहभागीहरूलाई अनुशासन, एकता र सेवाभावमा आधारित राजनीति गर्न आग्रह गरियो।

यस भेलालाई पार्टी संगठन विस्तारको एक महत्वपूर्ण चरणको रूपमा हेरिएको छ, जसले आगामी दिनमा बहुदरा क्षेत्रभित्र रास्वपाको प्रभावशाली उपस्थिति निर्माण गर्ने विश्वास लिइएको छ।


प्रतिक्रिया




Top