सुशील साह कानुकाे शिक्षामैत्री पहल: विद्यार्थीकाे भविष्यका लागि निःशुल्क पाेशाक वितरण


वीरगञ्ज महानगरपालिका–१० का वडा अध्यक्ष सुशील साह कानुले वडा भित्रको शिक्षालाई प्रोत्साहन गर्दै एक सराहनीय कदम चालेका छन्। उहाँको पहलमा श्री रामचरण साह पानालाल माध्यमिक विद्यालयमा अध्ययनरत बालविकासदेखि कक्षा १० सम्मका सम्पूर्ण विद्यार्थीहरूलाई निःशुल्क विद्यालय पोशाक वितरण गरिएको छ।

यो कार्यक्रमले विद्यार्थीहरूमा आत्मबल र उत्साह थप्ने काम गरेको छ। अध्यक्ष कानुले भन्नुभयो,
“पढाइमा रमाउने वातावरण बनाउने हाम्रो लक्ष्य हो। पोशाकको सहायताले विद्यार्थीहरू अझ सजिलै विद्यालय आउन प्रेरित हुनेछन्।”

कार्यक्रममा वडा सदस्यहरू, शिक्षकहरू, विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा स्थानीय समुदायको उपस्थिति रहेको थियो। सहभागी सबैले वडा अध्यक्षको यो प्रयासको खुलेर प्रशंसा गरेका थिए।

समर्पित जनप्रतिनिधि — सुशील साह कानु

सुशील साह कानु वीरगञ्ज–१० मा सामाजिक सेवामा अग्रसर, क्रियाशील र जनमुखी नेताका रूपमा चिनिनुहुन्छ। शिक्षा, स्वास्थ्य, सरसफाइ, खेलकुद र युवाहरूको विकासका क्षेत्रमा उहाँले गरेका काम उल्लेखनीय छन्।

उहाँले कार्यक्रममा भने,
“हाम्रो सानो प्रयासले विद्यार्थीहरूमा ठूलो परिवर्तन ल्याउन सक्छ। म सदैव मेरो वडालाई शिक्षित, समृद्ध र सशक्त बनाउने दिशामा क्रियाशील रहनेछु।”

कार्यक्रमको अन्त्यमा अध्यक्ष साहले विद्यालय परिवार र सहयोगी सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरूमा अझ प्रभावकारी कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

आजको कार्यक्रममा घडीअर्वा स्पोर्ट्स क्लबका अध्यक्ष संतोष साह कानु , सो बिधालयका प्रधानाध्यापक उमेश कुमार मिश्र , शिक्षक बिनोद गिरि , वडा सदस्य लगायत को उपस्तिथि रहेको थियो ।


प्रतिक्रिया




Top