जनताको हितमा निरन्तर सक्रिय वीरगन्ज महानगरपालिका वडा नं. १० का वडा अध्यक्ष श्री सुशील कुमार कानुको सामाजिक उत्तरदायित्वप्रति समर्पित पहल अन्तर्गत श्री बालमन्दिर आधारभूत विद्यालयमा अध्ययनरत ३०७ जना छात्र–छात्रालाई निःशुल्क विद्यालय पोशाक वितरण गरिएको छ।
शिक्षा क्षेत्रमा प्रभावकारी काम गर्दै आउनु भएका अध्यक्ष कानुको अगुवाइमा सञ्चालन गरिएको यो कार्यक्रममा वडाका सचिव, सदस्यहरु, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, शिक्षक–शिक्षिकाहरू, अभिभावकहरू तथा स्थानीय समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो।
‘शिक्षा र सम्मान, दुवै दिनुपर्छ’ — अध्यक्ष कानु
कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष कानुले बालबालिकालाई गुणस्तरीय शिक्षासँगै आत्मसम्मानका साथ विद्यालय जान प्रोत्साहित गर्न पोशाक वितरण कार्यक्रम ल्याइएको बताउनुभयो।
उहाँले भन्नुभयो,“विद्यालयमा जाने उमेरका बालबालिकाको पहिलो आवश्यकता हो– पोशाक र सामग्री। कुनै पनि विद्यार्थी आर्थिक कारणले पछाडि नपरोस् भन्ने सोचले वडा कार्यालयबाट यस्तो कार्यक्रम अघि सारेका हौं। हाम्रो वडामा शिक्षा पहिलो प्राथमिकता हो।”
कानुको नेतृत्वमा शिक्षा क्षेत्रमा निरन्तर सुधार!!
वडा अध्यक्ष सुशील कुमार कानुज्यूले वडा नं. १० मा शिक्षा, स्वास्थ्य, पूर्वाधार र सामाजिक उत्थानका क्षेत्रमा निरन्तर सकारात्मक हस्तक्षेप गर्दै आउनुभएको छ। विद्यार्थीको भौतिक र मानसिक विकासका लागि आवश्यक सहयोग र सुविधाको सुनिश्चिततामा उहाँको अग्रसरता स्थानीयवासीले खुलेर प्रशंसा गर्ने गरेका छन्।
विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू र शिक्षकहरूले अध्यक्ष कानुको यो कार्यलाई अत्यन्तै सराहनीय भन्दै भन्नुभयो, “अध्यक्षज्यूको सक्रियता र विद्यालयप्रतिको प्रतिबद्धता अन्य वडाका लागि पनि उदाहरणीय बन्न सक्छ।”
विद्यार्थी र अभिभावकबाट खुसीको प्रतिक्रिया
पोशाक वितरणपछि विद्यालयका ३०७ बालबालिकाको अनुहारमा उत्साह र गर्व देखिएको थियो। अभिभावकहरूले वडा कार्यालय र विशेषगरी अध्यक्ष सुशील कुमार कानुज्यूप्रति कृतज्ञता प्रकट गरेका छन ।
प्रतिक्रिया