फुलवारी टोलमा लागू औषध गाजा बरामद, थप अनुसन्धान जारी


पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१६ फुलवारी टोलमा लागू औषध गाजा रहेको आशंकामा सुरक्षा निकायले छापा मारी तलासी अभियान सञ्चालन गरेको छ।

आज मिति २०८२ असार १८ गते, वडा प्रहरी कार्यालय बिर्ता, ईलाका प्रहरी कार्यालय नगवा तथा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा गुल्म वीरगञ्जको संयुक्त टोलीद्वारा गरिएको खानतलासीको क्रममा बेवारिसे अवस्थामा रहेको एक खाली प्लटिङमा अन्दाजी २४ किलो गाजा फेला परेको हो।

स्थानीय स्रोतका अनुसार उक्त स्थानमा लामो समयदेखि शंका लाग्दो गतिविधि भइरहेकाले सुराकीको आधारमा सुरक्षाकर्मीले कारबाही अघि बढाएका थिए। हाल बरामद गरिएको गाजा सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

सुरक्षाकर्मीले यस घटनालाई गम्भीर रूपमा लिँदै लागू औषधको अवैध कारोबारमा संलग्न व्यक्तिहरुको पहिचान तथा पक्राउको प्रक्रिया अघि बढाएको जानकारी दिएको छ।


प्रतिक्रिया




Top