“लकडाउनको बेला नरपिशाचजस्तै व्यवहार”


वीरगञ्ज महानगरको मेनरोड क्षेत्रमा आज बिहान ११ बजेसम्म बजार बन्द गरिएको थियो। सटरधनीहरूले सर्वोच्च अदालतको अतिक्रमण हटाउने आदेशको विरोधमा सडक तताए, टायर जलाए।

हामीले नाम नखुलाउने सर्तमा एकजना मेनरोडमा सटर भाडामा बसेका व्यापारीसँग कुरा गरेका छौँ। उनका जबाफहरूले यथार्थ र पीडाको वास्तविक चित्र उजागर गरेका छन्।

प्रश्न १.) लकडाउनको समयमा तपाईंले सटरको भाडा तिर्नुभयो? के कुनै छुट वा सहयोग घरधनीले दिएका थिए?
उत्तर :- लक डाउन को समयमा पुरै पैसा तिराएर मात्र छोडे घर साहु ले। कुनै छुट र सहयोग घर धनीले दिएको थिएन झन् भाडा पनि वृद्धि गरे लक डाउन कै समयमा अनि घर भाडा वृद्धि गरेर नै लक डाउन को भाडा ऊसुल गरेका थिए।

प्रश्न २.) त्यो समय घरधनीहरूको व्यवहार कस्तो देख्नुभयो? के उनीहरूले पीडामा साथ दिएका थिए?
उत्तर :- लक डाउन को समयमा घर धनी को व्यवहार एउटा नर पिशाच को जस्तो थियो।एउटा सियो को टुप्पो जति पनि पीडा मा साथ दिएका थिएनन्।

प्रश्न ३.) आजको बजार बन्द र टायर बाल्ने कार्यक्रमबारे तपाईंको धारणा के छ?
उत्तर :-यो सारा सर गलत हो ।सरकारी रेलवे को जग्गा 2021 को नक्सामा 275 फिट कायम रहेको छ त्यो जग्गा मा भोग चलन गर्दै सारा ब्यापारीहरु को रगत चुसेर एयास्सी गर्दै आएका छन् मेन रोड का घर धनीहरु ।

प्रश्न ४) के तपाईंलाई लाग्छ — यो आन्दोलन साँचिकै व्यापारीहरूको हितमा हो? कि घरधनीहरूको स्वार्थ बचाउन?
उत्तर :- यो आन्दोलन घर धनीहरु आफ्नो निजी स्वार्थ लाई पूरा गर्न को लागि मात्र गरेका छन्।यदि घर धनी हरु मात्र वीरगन्ज बासी हुन भने विकास रोकेर वीरगन्ज को भलाइ छ ?यदि 32 वटा वडा लगायत गाविस बासी पनि वीरगन्ज बासी हुन भने बहुमत को आधार मा विकास कार्य हुनै पर्छ कि हुनै पर्छ।

प्रश्न ५) तपाईंलाई सर्वोच्च अदालतले दिएको सटर अतिक्रमण हटाउने आदेशबारे जानकारी छ?
उत्तर :- सर्वोच्च अदालत ले दिएको अतिक्रमण हटाउने आदेश बारे पूर्ण जानकारी छ।25 मिटर दया र 25 मीटर बायाँ।

प्रश्न ६) तपाईंको विचारमा घरधनीहरूले त्यस आदेशको पालना गर्नुपर्छ कि होइन?
उत्तर :-सर्वोच्च अदालत को त्यो फैसला को घर धनी मात्रै होइन कि देश भरिका जनता ले स्वागत गर्नु पर्छ।

प्रश्न ७) भाडा धेरै भएकाले तपाईंको व्यापारमा कस्तो असर परेको छ?
उत्तर :-भाडा ले गर्दा आज व्यापारीहरु को घर जग्गा समेत लिलामी मा छ सब व्यापारी हरुको हड्डी भित्र को तेल लगायत व्यापारीहरु को बाल बच्चाहरूको रगत समेत बेच्न लगाएर भाडा लिएका छन् घर धनीहरु ले।

प्रश्न ८) के तपाईं चाहनुहुन्छ कि वीरगञ्जमा सटर भाडाको निश्चित मापदण्ड बनोस्?

उत्तर :-वीरगन्ज मा सटर भाडा को निश्चित माप दण्ड हुन सक्दैन ।वीरगन्ज को विकास हुनु पर्छ ।विकास भयो भने वीरगन्ज को विस्तार हुन्छ । वीरगन्ज को कुना काप्चामा भएका सटर हरु मा लगायत वरिपरिका वडा हरू मा पनि व्यापार छरिएर वीरगन्ज को विकास हुन्छ एकै ठाउँमा बस्नु पर्ने वाध्यता ले गर्दा व्यापारीहरूले भाडा घरधनीहरुको मुह मंगा दिन बाध्य छन्।

 

 


प्रतिक्रिया




Top