वीरगञ्ज महानगरपालिकामा हालै सार्वजनिक कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजाले सामुदायिक विद्यालयको नाजुक अवस्था उजागर गरेको छ। वीरगन्ज को समुदायिक विद्यालयबाट सहभागी भएका ३,३६० विद्यार्थीमध्ये जम्मा १,०२२ विद्यार्थी मात्र उत्तीर्ण भएका छन्, जसअनुसार समग्र उत्तीर्ण दर ३० प्रतिशतभन्दा पनि कम (२६.۴ प्रतिशत) रहेको छ।
सबैभन्दा धेरै विद्यार्थी सहभागी गराएको माईस्थान विधापित विद्यालयबाट ४१० विद्यार्थीमध्ये केवल ११८ जना मात्र पास भएका छन्, भने सुरुजमल रामकुमार कन्या मावि र नेपाल रेलवे माविजस्ता विद्यालयहरूको नतिजा पनि निकै कमजोर देखिएको छ।
शिक्षा क्षेत्रको यस्तो कमजोर अवस्थाबीच महानगर प्रमुख राजेशमान सिंहको शिक्षा सुधारका ठूला घोषणा र योजनाहरू अब आलोचनाको केन्द्रमा छन्। दिनहुँजसो शिक्षा क्षेत्रमा सुधार ल्याउने, गुणस्तरीय शिक्षा सुनिश्चित गर्नेजस्ता भाषण गरे पनि व्यवहारमा स्थिति झनै बिग्रँदो देखिएको छ।
शिक्षाविद्हरू, अभिभावक र स्थानीय बासिन्दाहरूले यसप्रति गम्भीर चासो व्यक्त गर्दै भनेका छन्, “विद्यार्थीको भविष्यसँग खेलवाड भइरहेको छ, शिक्षा सशक्त बनाउने प्रतिवद्धता र कार्यान्वयनबीच ठुलो दूरी छ।”
सामुदायिक विद्यालयमा पढाइको गुणस्तर, शिक्षकको उपस्थिति, पठनपाठनको वातावरणलगायतका आधारभूत पक्षमै कमी देखिएको भन्दै शिक्षाको समग्र संरचनामा पुनः मूल्यांकन र सुधारको माग पनि उठ्न थालेको छ।
यस्तो अवस्थामा केवल नारामात्र होइन, ठोस कार्यान्वयन र अनुगमन जरुरी रहेको स्पष्ट देखिन्छ। विद्यार्थीहरूको भविष्य सुरक्षित गर्न तत्कालीन सुधार आवश्यक छ भन्नेमा सबैको जोड छ।
एसईई मा नतिजा कमजोर आएपछि वीरगन्ज महानगरपालिकाले थाल्यो ग्रेड वृद्धि कक्षाको तयारी
हालै सार्वजनिक भएको एसईई (SEE) २०८१ को नतिजामा अपेक्षित उपलब्धि हासिल नगरेका विद्यार्थीहरूको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि वीरगन्ज महानगरपालिकाले ग्रेड वृद्धि कक्षा सञ्चालनको तयारी थालेको छ।
महानगरले गैर-ग्रेडेड (Non Graded) परीक्षामा परेका विद्यार्थीहरूका लागि अतिरिक्त कक्षा सञ्चालनका सम्बन्धमा आवश्यक व्यवस्थापन मिलाउन सम्पूर्ण सामुदायिक विद्यालयलाई जानकारी गराउँदै एक सूचना प्रकाशित गरेको छ।
शैक्षिक प्रशासन शाखा प्रमुख आनन्द लामिछानेले हस्ताक्षर रहेको सूचनामा अतिरिक्त कक्षा सञ्चालनसम्बन्धी विस्तृत विवरण एक साताभित्र उपलब्ध गराउन विद्यालयहरूलाई अनुरोध गरिएको छ।
प्रतिक्रिया