अस्ट्रेलियाको मेलबर्नमा एउटा दुखद सडक दुर्घटनामा परी दुई नेपाली नर्सले ज्यान गुमाएका छन् ।
मेलबर्नको उत्तरी क्षेत्रमा रहेको क्रेगीबर्न नजिकैको ह्युम हाइवेमा भएको यो घटनाले सबैलाई स्तब्ध बनाएको छ । स्थानीय प्रहरीका अनुसार, अलफ्रेड अस्पतालमा कार्यरत नर्सहरू सरला र अरुजाले घाइते अवस्थामा रहेको एउटा कंगारुलाई बचाउन खोज्दा यो दुर्घटना भएको हो। जन्मदिन मनाएर घर फर्किरहेका उनीहरूले हाइवेमा गाडी रोकेर कंगारुलाई सघाउने प्रयास गरिरहेको बेला पछाडिबाट तीव्र गतिमा आएको अर्को गाडीले उनीहरूलाई ठक्कर दिएको थियो ।
यो दर्दनाक दुर्घटनामा एक जना नर्सको घटनास्थलमै मृत्यु भएको थियो भने अर्कीको उपचारका क्रममा अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ। रातिको समयमा तीव्र गतिका कारण पछाडिबाट आएको गाडीले रोकिएको गाडीलाई समयमै देख्न नसक्दा दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ।
प्रतिक्रिया