२३ भदौ,काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (सोमबार) सुन र चाँदी दुबैको मूल्यमा कमी आएको हो।
महासंघका अनुसार आइतबार प्रतितोला २ लाख १२ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ४ सय रुपैयाँले घटेर २ लाख ११ हजार ६ सय रुपैयाँमा झरेको छ।
त्यस्तै, तेजाबी सुनको मूल्य पनि आज घटेर प्रतितोला २ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
चाँदीको मूल्यमा पनि गिरावट
चाँदीको मूल्यमा पनि आज कमी आएको छ। आइतबार प्रतितोला २ हजार ५ सय रुपैयाँमा कारोबार भएको चाँदी आज २५ रुपैयाँले घटेर २ हजार ४ सय ७५ रुपैयाँमा झरेको छ।
सुनचाँदीको अन्तर्राष्ट्रिय मूल्य, डलरको विनिमय दर, माग र आपूर्तिको अवस्था लगायतका कारणले नेपाली बजारमा मूल्यमा घटबढ हुने गरेको व्यवसायीहरूको भनाइ छ।
प्रतिक्रिया